११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदान लिएर बिकास गर्ने हो ऋण लिएर कसरी तिर्ने: प्रम देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले बिकासका लागि ऋण लिन नसक्ने बताउनु भएको छ ।

बुटवलको देवीनगरमा आयोजना गरिएको नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले नेपालले अनुदान मात्र लिने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘ऋण लिएर के गर्ने तीर्न सकिदैन , अमेरिकाले एमसीसी मार्फत अनुदान दिएको फेरी दिईसक्यो , जापान कोरियाले पनि अनुदान दिएको छ , अनुदान लिने हो बिकास गर्ने हो ।’

प्रधानमन्त्री देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दे सबिधान अनुसार कुनै पनि एकदलको बहुमत आउने अबस्था नरहेका कारण गठबन्धन जोगाउनु पर्ने बताउनु भयो ।

उहाँले पार्टीको महाधिवेशनबाट पनि गठबन्धन लाई अघि बढाउने निर्णय भएकाले यसको बिरोध गर्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।