२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक



अ+ अ-

मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ ।

अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि आउने गरेको गौतमले बताउनुभयो ।

हाल दैनिकरुपमा ७७ को हाराहारीमा विदेशी पर्यटकले पदमार्गको यात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । नेपालमा पहिलो पटक आएको र हिमशृङ्खलाको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफूहरु निकै खुसी भएको पर्यटक बताउँछन् ।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पछिल्लो समय विदेशी मात्र नभई आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन् । विभिन्न क्लब तथा सङ्घसंस्थामा आबद्ध भएका बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउने गरेको पाइएको छ । रासस