६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

जनकपुरधामको फोहरमैला व्यवस्थापन उम्मेदवारको प्रमुख चुनावी मुद्दा

जनकपुरधामको फोहरमैला व्यवस्थापन उम्मेदवारको प्रमुख चुनावी मुद्दा
अ+ अ-

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले चुनौतीपूर्ण बनेको जनकपुरधाम नगर क्षेत्रको फोहर व्यवस्थापनको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

विभिन्न दल तथा स्वतन्त्ररूपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार चुनौतीपूर्ण देखिएको जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई चुनावी मुद्दा बनाएका हुन् । उम्मेदवारले नगर क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने चुनावी एजेण्डाका रूपमा उम्मेदवारले अघि सारेका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लालकिशोर साहले फोहरमैला व्यवस्थापन गरी जनकपुरधामलाई आकर्षक एवं आधुनिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आफ्नो अघिल्लो कार्यकालमा नगर क्षेत्रको सरसफाइान सुधार ल्याउने प्रयास गरिए पनि डम्पिङसाइट निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन नभएकाले सफल हुन नसकेको भन्दै निवर्तमान नगरप्रमुख साहले आफू पुनः निर्वाचित भए ती कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“निर्वाचित भएदेखि नै नगर क्षेत्रलाई सफा, सुन्दर नगर बनाउने सोचका साथ सरसफाइमा जोड दिए पनि डम्पिङसाइट निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसकेकाले गर्न सकिनँ”, उहाँले भन्नुभयो, “अब निर्वाचित भए तत्काल ल्याण्डफिलसाइट निर्माण गरेर फोहरबाट मल बनाउने कार्यलाई अघि बढाउँछु ।” त्यसका लागि डिपिआर तयार भइसकेको उहाँको भनाइ थियो ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले जनकपुरधाम उपमहानगरपालिकाभित्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ । जनकपुरधामको परिक्रममा सडकलगायत विभिन्न सार्वजनिकस्थलमा शौचालयको निर्माण गर्नुका साथै नगर क्षेत्रको प्रत्येक २०० मिटरमा फोहरमैला सङ्कलन गर्ने सञ्जाल निर्माण गर्ने चौधरीको सङ्कल्पपत्रमा उल्लेख छ ।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगर क्षेत्रमा सबैभन्दा बढी चुनौतीपूर्ण सरसफाइको अवस्था देखिएकाले यसमा सुधार ल्याउने र नगर क्षेत्रलाई सफा, सुन्दर बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले सुनाउनुभयो ।

“बढ्दो जनघनत्व र सडकमै फोहर फ्याँक्ने प्रवृतिका कारण नगर क्षेत्र दुर्गन्धित र फोहर देखिएको छ”, चौधरीले भन्नुभयो, “फोहर व्यवस्थापन गरी सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु, निर्वाचित भएलगत्तै त्यो योजनालाई कार्यान्वयनमा लैजान्छु”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मनोजकुमार साहले पनि जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्नुभएको छ । आफू निर्वाचित भए सबैभन्दा पहिला उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि सेनेटरी ल्याण्डफिलसाइट निर्माण तत्काल सुरु गराउने प्रतिबद्धता साहको छ ।

नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले पनि आफ्नो ११ बुँदे प्रतिज्ञापत्रमा जनकपुरधाम उपमहानगर क्षेत्रको फोहरमैला व्यवस्थापनमा जोड दिनुभएको छ । उहाँले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङसाइटको व्यवस्था गरिने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर सङ्कलन व्यवस्थित गर्नुका साथै वृक्षरोपण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै साहले आफू निर्वाचित भएपछि स्थानीय नागरिकलाई सरल, सहज र शीघ्र सेवा प्रदान गर्न सबै काम डिजिटल माध्यमबाट गरिने प्रतिबद्धतासमेत जनाउनुभएको छ । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण जनकपुर उपमहानगरपालिकाका दैनिक फोहर उत्पादन बढ्दै गएको छ । “केही वर्षअघिसम्म जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दैनिक छ–सात मेट्रिक टनमात्र फोहर उत्पादन हुन्थ्यो”, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले भन्नुभयो, “अहिले जनकपुरमा दैनिक १० मेट्रिक टन फोहर उत्पादन भइरहेको छ, तर फोहर फ्याँक्ने डम्पिङसाइट बनाउन सकिएको छैन ।” जसका कारण फोहर फ्याल्नै गाह्रो भइरहेको उहाँको भनाइ छ ।

नगर क्षेत्रको फोहरले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिका गम्भीर हुनुपर्ने र त्यसका लागि सरोकारवालाले पनि पहलकदमी दिनुपर्ने स्थानीयवासीको भनाइ छ । रासस