६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मतपत्र ढुवानी सम्पन्न, जिल्ला तहमा तयारी तीव्र

मतपत्र ढुवानी सम्पन्न, जिल्ला तहमा तयारी तीव्र
अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् ।

आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिनुभयो ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कूल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।

आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् । कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ । कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन् । ती सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमूना मतदान कार्यक्रमलगायत काममा पनि ति कार्यालय जुटिरहेका छन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

थप सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिने र आवश्यकताको आधारमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको छ । आयोगले मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाउन प्रबन्ध गरेको छ । निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । अहिले मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको गतिविधि पनि सञ्चालन भइरहेका छन् । लुम्बिनी प्रदेशको मुख्यालय रहेको दाङ जिल्लामा प्रदेश निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई व्यवस्थित गरेको छ । सो कार्यालयका प्रमुख नारायण भण्डारीका अनुसार सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री प्याकिङ भइरहेको छ भने अपुग रहेको ३०० मतपेटिका आज आयोगबाट पठाइएकाले त्यसको व्यवस्थापन गरिनेछ । उहाँले वैशाख २४ गते जिल्लाको बङ्गलामुखी गाउँपालिकाको कमिरेपानीमा नमूना मतदान गराइएको कार्यक्रम रहेको र २६ र २७ गते खटाइएका जनशक्तिलााई निर्वाचन सामग्री वितरण हुने जनाउनुभयो ।

दाङमा स्थानीय रेडियो र सञ्चारमाध्यमबाट मतदाता शिक्षालगायत सामग्रीको प्रसारण र प्रकाशन भइरहेको छ भने आचारसंहिता विरुद्धका उजुरी आएमा अनगुगमन र कारबाहीका लागि संयन्त्र तयार गरिएको छ । जिल्लामा हालसम्म कुनै अप्रिय घटना वा आचारसंहिताको गम्भीर प्रकारको उल्लङ्घन भएको जानकारीमा आएको देखिएको छैन । मधेस प्रदेशको प्रदेश निर्वाचन कार्यालयले निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनका क्रममा गर्नुपर्ने र गर्न नहुने कार्यका सम्बन्धमा तालिम दिएको छ ।

जनकपुरमा आयोजित तालिममा निर्वाचनासम्बन्धी ऐन, कानुन, कार्यविधि, निर्वाचन आचारसंहिताका सैद्धान्तिक र व्यावहारिक पक्षहरूरुबारे तालिम दिइएको हो । गत शनिबारदेखि तीन दिनसम्म चल्ने तालिममा दैनिक ३०० को सङ्ख्यामा सहभागी रहनेछन् । कूल १८ पालिका भएको जिल्लामा ५९६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत रहेका छन् । जिल्लामा चार लाख ६७ हजार ६८८ मतदाता, ५९६ मतदान केन्द्र र ३२३ मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो । उहाँले निर्वाचन सामग्री र मतपत्र जनकपुरस्थित महेन्द्रनारायण निधि भवनमा राखिएको छ । निर्वाचनका लागि सुरक्षालगायत सबै तयारी भइसकेको प्रमुुख पन्थीले जानकारी दिनुभयो ।

जिल्लामा आचारसंहिता अनुगमन संयन्त्रको बैठक भई अनुगमन र कारबाहीका काम पनि रहेका छन् । अनुगमनका क्रममा आचारसंहिता विपरीत दल र उम्मेदवारले प्रयोग गरेका तुल, ब्यानरहरू सुरक्षाकर्मीको सुहयोगमा हटाउने काम भएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको पाइएमा तत्काल नियन्त्रणमा लिइ कारबाही गर्न पनि निर्देशन भएको प्रदेश कार्यालयका प्रमुख पन्थीले जनाउनुभयो ।

कर्णाली प्रदेशको मुख्यालयस्थित सुर्खेत जिल्लामा निर्वाचनको तयारी भइरहेको छ । प्रदेश निर्वाचन कार्यालयका अधिकारी दुर्गाप्रसाद चालिसेका अनुुसार निर्वाचन सामग्री र मतपत्र प्याकिङ सम्पन्न भई वितरणका लागि तयारी गरिएको छ भने जिल्लाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई वैशाख २४ र २५ गते तालिम दिइने कार्यक्रम रहेको छ । कार्यालयले आज वीरेन्द्रनगर नगरपालिका वडा नं ७ को कृष्णसदन माध्यमिक साधारण विद्यालयमा नमूना मतदान गराइएको छ ।

प्रमुख चालिसेले निर्वाचन आचारसंहिता कार्यान्वयन अवस्थाको अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयसहित सम्बद्ध निकायले काम गरिरहेका छन् भने आचारसंहिता उल्लङ्घन भएको पाइएमा सोबारे छलफल गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यालय रहेको कैलालीमा पनि मतदान अधिकृत र सहायकलाई तालिम जारी रहेको छ । हालसम्म ८१३ जनालाई तालिम दिइएको छ भने ४१३ लाई तालिम दिन बाँकी छ । कार्यालयले जिल्लाका सबै पालिकामा निर्वाचन सामग्री बुझाउन थालेको छ । शुक्रबार मोहन्याल गाउँपालिकाबाट निर्वाचन सामग्री वितरण सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले सुरक्षा व्यवस्थापनका बारेमा प्रमुख जिल्ला अधिकारीले तालिममा प्रकाश पार्नुभएको छ भने समग्र सुरक्षा, जनशक्ति र व्यवस्थापनको तयारी चुस्त र व्यवस्थित भएको छ । प्रमुख भट्टले आचारसंहिताको अनुगमन जारी रहेको र हालसम्म गम्भीर प्रकृतिका उल्लङ्घनका घटना नभएको बताउँदै मौखिकरूपमा प्राप्त उजुरीमाथि अध्ययन भइरहेको बताउनुभयो । रासस