६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरियो: प्रचण्ड

कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा  प्रचार गरेर महिलाको अवमूल्यन गरियो: प्रचण्ड
अ+ अ-

नेकपा (माओवादी केन्द्र)का एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्धय रेणु दाहाल र सृजना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।

अध्यक्ष दाहालले दाहाललाई आफ्नी छोरीको रुपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतिको रुपमा प्रचार गरेर केही मानिसहरुले उनीहरुको अवमूल्यन गर्ने काम गरिरहेको बताउनु भएको हो ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले छोरी रेणुप्रति संकेत गर्दै जहाँजहाँ महिलाहरुले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दावी गर्नु भयो । अध्यक्ष दाहालले महिला उम्मेदवारहरुमाथि विश्वास गर्ने र उनीहरुको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यक्ता भएको जिकीर समेत गर्नु भयो ।

उहाँले पुरुषहरुले राज गरेर धेरै लछारपाटो नलगाएको उल्लेख गर्दै अव महिलाहरुलाई त्यो अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको पनि स्पष्ट पार्नुु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘हिजो युद्धको बेलामा, शान्ति र संविधान निर्माणको बेलामा महिलाहरुलाई हुनत यी मेयरका दुईटा प्रत्याशीका बारेमा एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होईनन् । कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतिको रुपमा प्रचार गरेर महिलाहरुलाई कहिँनकहीँ अपमानित गर्ने, महिला भित्रको क्षमतालाई अवमूल्यन गर्ने एक थरी मानिसका कोसिस छन । म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु । त्यो नकारात्मक प्रवृत्ति हो ।

अहिले घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन, त्यहाँत्यहाँ राम्रो काम भएको छ । त्यसकारण महिलाहरुमाथि विश्वास गर्ने, उनीहरुको योग्यतालाई सम्मान गर्ने आजको देशकै आवश्यक्ता हो भन्ने मैले ठान्छु । हामी पुरुषहरुले धेरै राज ग¥यौं, तर धेरै साह्रो लछारपाटो पनि लगाउन सकिएन । एकचोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं । यस अर्थमा हाम्रो संविधान कार्यान्वयनको दृष्टिले पनि र परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र परिवर्तनबाट नेपाली जनताले प्रगतिको अनुभूति गर्ने वातावरण बनाउनका लागि पनि यो पक्षलाई विशेष रुपले मनन गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलाहरुलाई विशेष रुपले अघि बढाउनुपर्ने तर्क गर्नु भयो ।

तस्बिर -रत्न श्रेष्ठ, रासस