६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खेतबारीमै पुगेर मत माग्दै उम्मेदवार

खेतबारीमै पुगेर मत माग्दै उम्मेदवार
अ+ अ-

दमौली । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका कारण गाउँ–गाउँमा चुनावी गतिविधि बढेको छ ।

उम्मेदवार र राजनीतिक दलका नेताहरु मतदातालाई भेट्न घर–घरमा पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारीमा भएपनि पुगेर उम्मेदवारले आफूलाई सहयोग गर्न अनुरोध गरेका छन् । तनहुँ का विभिन्न ठाउँमा मतदातालाई भेट्न उम्मेदवार खेतबारीसम्म पुगेका छन् । म्याग्दे गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले म्याग्दे–३ स्थित मकै गोडिरहेका मतदातासँग बारीमै पुगेर मत माग्नुभएको छ ।

अहिले मकै गोड्ने बेला परेकाले कतिपय मतदाता बारीमा भेटिने भएकाले बारीसम्म पुगिएको श्रेष्ठले बताउनुभयो । आफूले सम्भव भएसम्मका मतदातालाई भेट गरेको श्रेष्ठले बताउनुभयो । घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदाता समक्ष राख्ने गरेको उहाँको भनाइ छ । म्याग्देलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने बारेमा मतदाताको सुझाव समेत लिने गरेको उहाँले बताउनुभयो । आफ्नो चुनावी घोषणापत्र भएपनि कतिपय विषय मतदाताको अपेक्षा पनि रहने र त्यसैलाई सम्बोधन गरि निर्वाचित भएपछि काम गर्ने श्रेष्ठले बताउनुभयो ।

ऋषिङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरिराज कँडेलले पनि मकै बारीमा पुगेर मतदातालाई भेट्नुभएको छ । “टाढाबाट नमस्कार गरेर पनि मत माग्न सकिन्थ्यो तर मतदाताको भावनाको सम्मान गर्नका लागि पनि बारीसम्म पुगेको छु”, उहाँले भन्नुभयो । मतदातालाई बारीसम्म पुगेर आफ्ना कुराहरु राख्न पाउनु र उहाँहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको कंडेलले बताउनुभयो ।

बारीसम्मै आइपुगेर मत मागेपछि कृषकहरु खुसी भएका छन् । कृषकले आफूलाई भेट्न उम्मेदवार बारीसम्म आइपुगेपछि खुसी लागेको प्रतिक्रिया दिँदै समयमै बीउ र मलको व्यवस्थापन हुनुपर्नेमा उम्मेदवारसँग माग गरेका छन् । ऋषिङ गाउँपालिकाकै अध्यक्षका उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले पनि बारीमा काम गरिरहेका मतदातासँग भेटेर मत माग्नुभएको छ ।

व्यास नगरपालिकाका उम्मेदवार पनि खेतबारी र गोठाला गएका कृषकलाई भेट्दै मत माग्न व्यस्त छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिका–११ अध्यक्षका उम्मेदवार दलबहादुर दुराले गोठाला गएका कृषकसँग भेट गर्दै मत माग्नुभएको छ । बाख्रा चराउन पुग्नुभएकी एक महिलासँग भेटेर मत माग्दै दुराले आफ्नो कार्ययोजना सुनाउनुभएको छ ।

स्थानीय कांग्रेस नेता विवेक भट्टराईका अनुसार घरघरमै पुगेर मतदातालाई भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा चलेको छ । घरमा नभेटिए खेतबारीसम्म पुगेर पनि मतदातासँग भेटघाट गरिएको उहाँले बताउनुभयो । “खेतीपातीको समय भएकाले उम्मेदवार खेतबारीमै पुगेर पनि मत मागिरहनुभएको छ”, उहाँले भन्नुभयो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका प्रमुखका उम्मेदवार काजीमान श्रेष्ठ र उपप्रमुखका उम्मेदवार मिलन आले नगरपालिकाका नौवटै वडामा घरदैलो गरिरहनुभएको छ ।

घरदैलोका क्रममा जनताको समर्थनले उत्साह थपेको प्रमुखका उम्मेदवार श्रेष्ठले बताउनुभयो । “भिमादलाई समृद्ध बनाउने सङ्कल्पसहित गठबन्धन गरेर अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो “भिमादलाई कस्तो बनाउने भन्नेबारेमा जनतासँगै राय सुझाव लिएर अगाडि बढ्छौँ” । उपप्रमुखका उम्मेदवार आलेले नागरिक कोषअन्तर्गत दैनिक रु एक अभियान सञ्चालन गरिने बताउनुभयो । नगरका हरेक बासिन्दाले यस कोषमा दैनिक रु एक सहयोग गर्नसक्ने र सङ्कलन भएको रकम नगरवासीको शिक्षा र स्वास्थ्यमा खर्च गरिने उहाँले बताउनुभयो ।

सत्तारुढ गठबन्धनकै तर्फबाट शुक्लागण्डकी नगरपालिकाका प्रमुखका उम्मेदवार कृष्णराज पण्डित र खुमबहादुर विक पनि जनताको मन जित्ने उद्देश्यका साथ घरदैलोमा व्यस्त हुनुुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुखका उम्मदेवार मुक्तिनाथ तिमिल्सिना र उपप्रमुखमा उम्मेदवार फूलमाया थापाले पनि वडामा घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । रासस