२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहितामा उल्लङ्घन , कार्यान्वयनमा बेवास्ता



अ+ अ-

गलकोट । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । तर चुनाव प्रचारप्रसारका क्रममा उनीहरुले आचारसंहितालाई भने ख्याल नगरेको पाइएको छ ।

मतदातालाई आकर्षित गर्नका लागि उम्मेदवारहरुले चर्को आवाजमा माइक बजाउने, प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने र विद्यालयलगायतका स्थानमा चुनावीसभा गरेको पाइएको छ । यद्यपि मुख्य निर्वाचन अधिकृत कार्यालय बागलुङमा भने लिखित उजुरी भने परेका छैनन् । तर दैनिकजसो आचारसंहिता उल्लङ्घन गरेको मौखिक उजुरी आउने गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

दलहरुलाई आफूहरुले आचारसंहिताका विषयमा पटकपटक ध्यानाकर्षण गराएको भन्दै त्यसतर्फ निर्वाचन कार्यालय गम्भीर भएको बताउनुभयो । सहरभन्दा गाउँका डाँडाकाँडामा प्रचारात्मक सामग्री तथा चुनावी गीत गुञ्जिरहेको छ । बजार क्षेत्रभर रातको १० बजेसम्म चर्को आवाजमा चुनावी नारा समेटिएको गीत घन्काउने गर्दा नागरिकलाई सास्ती भएको निर्वाचन कार्यालयमा गुनासो टिपाउने गरेका छन् ।

सामुदायिक विद्यालय, स्वास्थ्यचौकीलगायतका स्थानमा पनि आमसभा गरेको नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने गरेका छन् । तर सम्बन्धित निकायले भने यसतर्फ खासै ध्यान नदिँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेर जाने देखिएको छ । आचारसंहितामा सार्वजनिकस्थलमा चुनावी प्रचार तथा आमसभा नगर्ने भनेको भए पनि दलले अटेरी गर्दै आएका छन् । बागलुङमा धेरै आचारसंहिता उल्लङ्घन गर्नेमा गठबन्ध र एमाले अगाडि छ । गठबन्धनले गाउँगाउँमा बाजागाजासहित चुनावीसभा गर्दै आएको छ भने एमाले र राप्रपाले बाइक¥याली गरेर मतदाता आकर्षित गराइ राखेको पाइएको छ ।

केही दिन अगाडि काठेखोला गाउँपालिका–३ धम्जाको एक विद्यालयमा गठबन्धन र नेकपा ९एमाल०ले सयौँको सङ्ख्यामा मान्छे जम्मा गरेर चुनावीसभा गरेको थियो । विद्यालयमा आमसभा गर्न नपाइने भए पनि दलले स्थान अभाव भएको भन्दै विद्यालयमा आमसभा गर्दै आएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितमा जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्ने, भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्ने भने पनि यहाँका कुनै पनि दलले त्यसको पालना गरेका छैनन् ।

आमसभा, कोणसभा, बैठक एवं भेला गर्नु ७२ घण्टा अगाडि नै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय र स्थानको जानकारी गराउने भने पनि अहिलेसम्म कुनै पनि दलले प्रहरी प्रशासनलाई जानकारी गराएको पाइएको छैन । प्रहरी प्रशासनलाई कुन दलले कहाँ आमसभा गर्दैछ भन्नेसमेत जानकारी हुँदैन । जिल्लामा ठूला नेता आउँदा जानकारी गराए पनि अहिले दलले गाउँगाउँमा आमसभा आफ्नै तरिकाले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्ने भनेको भए पनि यसको पालना हुन सकिरहेको छैन । आचारसंहिता उल्लङ्घन गरी चुनाव प्रचारप्रसार गर्दा समस्या भएको स्थानीयवासीले गुनासो गरेका छन् । रासस