६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आचारसंहितामा उल्लङ्घन , कार्यान्वयनमा बेवास्ता

आचारसंहितामा उल्लङ्घन , कार्यान्वयनमा बेवास्ता
अ+ अ-

गलकोट । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । तर चुनाव प्रचारप्रसारका क्रममा उनीहरुले आचारसंहितालाई भने ख्याल नगरेको पाइएको छ ।

मतदातालाई आकर्षित गर्नका लागि उम्मेदवारहरुले चर्को आवाजमा माइक बजाउने, प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्ने र विद्यालयलगायतका स्थानमा चुनावीसभा गरेको पाइएको छ । यद्यपि मुख्य निर्वाचन अधिकृत कार्यालय बागलुङमा भने लिखित उजुरी भने परेका छैनन् । तर दैनिकजसो आचारसंहिता उल्लङ्घन गरेको मौखिक उजुरी आउने गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

दलहरुलाई आफूहरुले आचारसंहिताका विषयमा पटकपटक ध्यानाकर्षण गराएको भन्दै त्यसतर्फ निर्वाचन कार्यालय गम्भीर भएको बताउनुभयो । सहरभन्दा गाउँका डाँडाकाँडामा प्रचारात्मक सामग्री तथा चुनावी गीत गुञ्जिरहेको छ । बजार क्षेत्रभर रातको १० बजेसम्म चर्को आवाजमा चुनावी नारा समेटिएको गीत घन्काउने गर्दा नागरिकलाई सास्ती भएको निर्वाचन कार्यालयमा गुनासो टिपाउने गरेका छन् ।

सामुदायिक विद्यालय, स्वास्थ्यचौकीलगायतका स्थानमा पनि आमसभा गरेको नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने गरेका छन् । तर सम्बन्धित निकायले भने यसतर्फ खासै ध्यान नदिँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेर जाने देखिएको छ । आचारसंहितामा सार्वजनिकस्थलमा चुनावी प्रचार तथा आमसभा नगर्ने भनेको भए पनि दलले अटेरी गर्दै आएका छन् । बागलुङमा धेरै आचारसंहिता उल्लङ्घन गर्नेमा गठबन्ध र एमाले अगाडि छ । गठबन्धनले गाउँगाउँमा बाजागाजासहित चुनावीसभा गर्दै आएको छ भने एमाले र राप्रपाले बाइक¥याली गरेर मतदाता आकर्षित गराइ राखेको पाइएको छ ।

केही दिन अगाडि काठेखोला गाउँपालिका–३ धम्जाको एक विद्यालयमा गठबन्धन र नेकपा ९एमाल०ले सयौँको सङ्ख्यामा मान्छे जम्मा गरेर चुनावीसभा गरेको थियो । विद्यालयमा आमसभा गर्न नपाइने भए पनि दलले स्थान अभाव भएको भन्दै विद्यालयमा आमसभा गर्दै आएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितमा जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्ने, भेला गर्दा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्ने भने पनि यहाँका कुनै पनि दलले त्यसको पालना गरेका छैनन् ।

आमसभा, कोणसभा, बैठक एवं भेला गर्नु ७२ घण्टा अगाडि नै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय र स्थानको जानकारी गराउने भने पनि अहिलेसम्म कुनै पनि दलले प्रहरी प्रशासनलाई जानकारी गराएको पाइएको छैन । प्रहरी प्रशासनलाई कुन दलले कहाँ आमसभा गर्दैछ भन्नेसमेत जानकारी हुँदैन । जिल्लामा ठूला नेता आउँदा जानकारी गराए पनि अहिले दलले गाउँगाउँमा आमसभा आफ्नै तरिकाले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्ने भनेको भए पनि यसको पालना हुन सकिरहेको छैन । आचारसंहिता उल्लङ्घन गरी चुनाव प्रचारप्रसार गर्दा समस्या भएको स्थानीयवासीले गुनासो गरेका छन् । रासस