२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह



अ+ अ-

रसुवा । मुख्य निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आचार संहितालाई पूर्णरूपमा पालना गर्न राजनीतिक दललगायत सबै पक्षलाई आग्रह गरेको छ ।

कार्यालयले एक अपिल जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको भन्ने जनगुनासो बढेको जनाउँदै यसको पूर्णरूपमा पालना गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले शान्ति पूर्ण तवरले निर्वाचन सम्पन्न गर्ने गराउने कार्यमा सबै पक्षबाट सहयोग मिल्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका ११ राजनीतिक दल मतदाताको घर घरमा पुग्न थालेका छन् । माइकिङ तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै ती दलका नेता तथा कार्यकर्ता जुटिरहेका छन् ।

जिल्लामा पाँच गाउँपालिकामा २७ वडा छन् । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आसन्न निर्वाचमा कूल ३८ हजार ५४५ ले ३४ मतदानस्थलको ५१ केन्द्रबाट मतदान गर्ने छन् ।

स्थानीय प्रशासनले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्रशासनले मदिरा बिक्री वितरणमा रोक लगाउँदै उम्मेदवार तथा कार्यकर्ता चुनाव प्रसारमा जाँदा आलोपालो गर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसी र जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्वाचन केन्द्रित सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिनुभयो । रासस