६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भक्तपुरमा आचारसंहिताविपरीतका प्रचार सामग्री हटाईंदै

भक्तपुरमा आचारसंहिताविपरीतका प्रचार सामग्री हटाईंदै
अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको छ ।

विशेषगरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरका विभिन्न क्षेत्रमा पार्टीको झण्डा, चुनाव चिह्न, फ्लेक्स, गाडीमा राखिएका झण्डा, ब्याचजस्ता प्रचार सामग्री सुरक्षाकर्मी लगाएर हटाउने काम भइरहेको छ ।

“हामीले दैनिक अनुगमन गर्ने गरेका छौँ, बजार र भित्री गल्लीमा निर्वाचन आचारसंहिताविपरीत प्रचार सामग्री राखिएको पाइएको छ, त्यस्तो अवस्थामा तत्कालै दलका नेतालाई जानकारी गराउँदै हटाउने काम गरेका छौँ”, कँडेलले भन्नुभयो ।

यसैबीच निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उम्मेदवारको सबै विवरण तयार पारिएको, मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको र अब केही दिनमै कर्मचारीलाई मतदानस्थलमा खटाइने कार्यालयले जनाएको छ । साथै, मध्यपुरथिमि नगरक्षेत्रभित्र रहेका मतदान केन्द्रमध्ये केही अत्यन्तै साँघुरो स्थानमा रहेका, केही बाटोमै रहेकाले त्यस्ता संवेदनशिल निर्वाचन केन्द्रको अनुगमन एवं सुरक्षाको व्यवस्था मजबुद बनाउने गरी तयारी गरिएको जनाइएको छ ।

स्थानीय तहपछिका निर्वाचनमा केही मतदान केन्द्र ठाउँ सार्नुपर्ने अवस्था रहेकाले परिमार्जन गर्नुपर्ने देखिएको कँडेलले बताउनुभयो । उहाँले आउँदो ३० गते आम मतदातालाई सुरक्षित, शान्त र सहजरूपमा मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

भयरहित र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नेगरी तयारी गरिएको नगरका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो । उहाँले आचारसंहिता उल्लङ्घन गर्नेमा ठूला दल नै रहेको उल्लेख गर्दै लिखित उजुरी नआए पनि मौखिक उजुरी र अनुगमनकका क्रममा त्यस्ता सामग्री हटाउने, फेरि नराख्न कडा निर्देशन दिने गरिएको बताउनुभयो । दलहरूले घरदैलोका क्रममा राखेको प्रचार सामग्री हटाउँछौँ भन्ने जवाफ दिने गरेको उहाँको भनाइ छ ।

मध्यपुरथिमिमा २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला, तेस्रो लिङ्गी तीन गरी कूल ४१ हजार ८४२ मतदाता रहेका छन् । नगरमा १७ मतदानस्थल र ४६ मतदान केन्द्र राखिएको छ ।