१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्डिस रोग बल्झिएपछि वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । जन्डिस रोग बल्झिएपछि नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको छ । .

गत साता स्वास्थ्यमा समस्या आएपछि पुनलाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

तर पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि थाल्याण्ड लाने तयारी गरिएको बताईएको छ । पुनको स्वास्थ्य लाभ गर्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित शीर्ष नेताहरू अस्पताल पुग्ने गरेका छन्।

पुनको अहिलेसम्म स्वास्थ्यमा सुधार नभएको र आज दिनभरी सबै रिपोर्टको अध्ययन गरि थाइल्याण्ड लग्ने तयारी गरिएको छ ।