२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति शर्माद्वारा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको निरीक्षण



अ+ अ-

दमौली । प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गर्नुभएको छ । प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ)ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्र्रिया गर्नुभएको थियो । सो क्रममा उहाँले उक्त ठाउँमा तैनाथ सकल दर्जालाई सम्बोधन गर्दै सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्ले सम्पादन गर्न निर्देशन दिनुभयो ।

निरीक्षणका क्रममा कालीभञ्जन गण ९इ०का गणपति प्रमुख सेनानी रामज्योति बोहराले प्रधानसेनापति शर्मालाई त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको थियो ।