५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिव वैरागीसँग सातदिनभित्र लिखित जवाफ माग



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेपाल सरकारको मुख्यसचिव शङ्करदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज उक्त मुद्दामा सातदिनभित्र आफू वा कानूनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।

आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो रु सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक ७ (सात) दिनभित्र आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू ।”

काठमाडौँ उपत्यकालाई स्वच्छ र प्रदूषणमुक्त बनाउने उद्देश्यले २०७४ वैशाख १ गते देखि लागू हुने गरी तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको मिति २०७१ चैत १८ गते नेपाल राजपत्रमा प्रकाशित ४० माइक्रोन मोटाइ सम्मका प्लाष्टिक झोलाको आयात, भण्डारण, विक्री, वितरण तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटको वातावरण संरक्षणअन्तर्गतको बुँदा नं १६० मा ४० माइक्रोन मोटाइसम्मको प्लास्टिकको झोलाहरुको, आयात, भण्डारण विक्री वितरण तथा प्रयोग गर्ने प्रतिबन्ध लगाउने बाध्यात्मक व्यवस्था गरेको थियो ।

अदालतले २०७८ साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने व्यवस्था लागू गर्न सरकारका नाउँमा तत्काल कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । उक्त परमादेश कार्यान्वयन नगरेकोमा अधिवक्ता अधिवक्ता पदमबहादुर श्रेष्ठले मुख्यसचिवलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो । उक्त मुद्दाको सुनुवाइपछि अदालतले एकहप्ताभित्र उपस्थित हुन भनेको हो ।रासस