६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौँलाई व्यवस्थित बनाउन सिंह उपयुक्त उम्मेदवारः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँलाई व्यवस्थित बनाउन सिंह उपयुक्त उम्मेदवारः पूर्वप्रधानमन्त्री भट्टराई
file photo
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाउन सिर्जना सिंह महानगर प्रमुखको उपयुक्त उम्मेदवार भएको बताउनुभएको छ ।

गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज यहाँ आयोजना गरेको ‘शुभकामना कार्यक्रम’ मा बोल्दै उहाँले लोकतान्त्रिक संस्कार भएकी सिंह काठमाडौँ महानगरको उपयुक्त उम्मेदवार भएको बताउनुभएको हो । “सिर्जना गणेशमान, मङ्गलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा नेता हुनुहुन्छ, उहाँ मेयरको स्वभाविक हकदार हुनुहुन्छ, उहाँको जीत सुनिश्चित छ”, उहाँले भन्नुभयो । राजनीतिक व्यक्तिलाई परिवारसँग जोडेर सिंहबारे कुप्रचार गर्न खोजेको उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले जनताको मेयर बनेर सिंहले काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र नमूना राजधानी निर्माण गर्नका लागि आफूसमेत मेयरको उम्मेदवार बन्न खोजेको उहाँले स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले सिंह काठमाडौँको मेयर निर्वाचित भएपछि गोरखा–काठमाडौँ सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सिंह गोरखाको राजनीतिकर्मी भएको कारण गणेशमान सिंहको परिवारसँग नाता जोडिएको बताउँदै उहाँको उम्मेदवारबारे गलत प्रचार नगर्न सबैलाई आग्रह गर्नुभयो । “सिर्जनालाई काठमाडौँको मेयरमा निर्वाचित गराउन सम्पूर्ण गोरखावासी एक भएर अगाडि बढौँ, जित पक्का छ”, उहाँले भन्नुभयो ।

नेता श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धनले साझा उम्मेदवारका रुपमा सिंहलाई अगाडि सारेको भन्दै उहाँलाई निर्वाचनमा जिताउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाली चेलीलाई कांग्रेसले सङ्घीय राजधानी काठमाडौँको मेयरको उम्मेदवार बनाउनु सारा गोरखालीका लागि खुसीको कुरा भएको बताउनुभयो ।

“गणेशमान सिंहको राजनीतिक परिवारलाई कुशल व्यवस्थापन गरेजस्तो काठमाडौँ महानगरपालिकालाई पनि सिर्जना सिंहले राम्रो व्यवस्थापन गर्ने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेत्री एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँजस्तो कुशल राजनीतिकर्मीलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताउनुभयो । “उहाँ कसैको बुहारी, श्रीमती र छोरीमात्र नभई कांग्रेसको कुशल सङ्गठक हो”, पन्तले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले सङ्घीय राजधानी काठमाडौँले योग्य महिला उम्मेदवार पाएको भन्दै उहाँलाई विजयी गराउन सबै लाग्नुपर्ने बताउनुभयो । “न्याय नपाए गोरखा जानु भन्ने उखानलाई सार्थक बनाउनका लागि काठमाडौँका जनताले सिंहलाई विजय गराएर न्याय दिनुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता चीरञ्जीवी वाग्ले, पूर्वसांसद जीवनप्रेम श्रेष्ठ, नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष हरिराम श्रेष्ठ, नेपाल इञ्जिनीयरिङ काउन्सिलका सदस्य ई होमनाथ पोखरेललगायतले सिंहको विजय सारा गोरखालीको विजय भएको भन्दै उहाँलाई जिताउनका लागि सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो ।