५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँलाई व्यवस्थित बनाउन सिंह उपयुक्त उम्मेदवारः पूर्वप्रधानमन्त्री भट्टराई



file photo
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकालाई व्यवस्थित बनाउन सिर्जना सिंह महानगर प्रमुखको उपयुक्त उम्मेदवार भएको बताउनुभएको छ ।

गोरखा–काठमाडौँ चुनाव प्रचार समूहले आज यहाँ आयोजना गरेको ‘शुभकामना कार्यक्रम’ मा बोल्दै उहाँले लोकतान्त्रिक संस्कार भएकी सिंह काठमाडौँ महानगरको उपयुक्त उम्मेदवार भएको बताउनुभएको हो । “सिर्जना गणेशमान, मङ्गलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती मात्र नभएर आफैँमा नेता हुनुहुन्छ, उहाँ मेयरको स्वभाविक हकदार हुनुहुन्छ, उहाँको जीत सुनिश्चित छ”, उहाँले भन्नुभयो । राजनीतिक व्यक्तिलाई परिवारसँग जोडेर सिंहबारे कुप्रचार गर्न खोजेको उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले जनताको मेयर बनेर सिंहले काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र नमूना राजधानी निर्माण गर्नका लागि आफूसमेत मेयरको उम्मेदवार बन्न खोजेको उहाँले स्मरण गर्नुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले सिंह काठमाडौँको मेयर निर्वाचित भएपछि गोरखा–काठमाडौँ सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सिंह गोरखाको राजनीतिकर्मी भएको कारण गणेशमान सिंहको परिवारसँग नाता जोडिएको बताउँदै उहाँको उम्मेदवारबारे गलत प्रचार नगर्न सबैलाई आग्रह गर्नुभयो । “सिर्जनालाई काठमाडौँको मेयरमा निर्वाचित गराउन सम्पूर्ण गोरखावासी एक भएर अगाडि बढौँ, जित पक्का छ”, उहाँले भन्नुभयो ।

नेता श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धनले साझा उम्मेदवारका रुपमा सिंहलाई अगाडि सारेको भन्दै उहाँलाई निर्वाचनमा जिताउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखाली चेलीलाई कांग्रेसले सङ्घीय राजधानी काठमाडौँको मेयरको उम्मेदवार बनाउनु सारा गोरखालीका लागि खुसीको कुरा भएको बताउनुभयो ।

“गणेशमान सिंहको राजनीतिक परिवारलाई कुशल व्यवस्थापन गरेजस्तो काठमाडौँ महानगरपालिकालाई पनि सिर्जना सिंहले राम्रो व्यवस्थापन गर्ने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेत्री एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँजस्तो कुशल राजनीतिकर्मीलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताउनुभयो । “उहाँ कसैको बुहारी, श्रीमती र छोरीमात्र नभई कांग्रेसको कुशल सङ्गठक हो”, पन्तले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले सङ्घीय राजधानी काठमाडौँले योग्य महिला उम्मेदवार पाएको भन्दै उहाँलाई विजयी गराउन सबै लाग्नुपर्ने बताउनुभयो । “न्याय नपाए गोरखा जानु भन्ने उखानलाई सार्थक बनाउनका लागि काठमाडौँका जनताले सिंहलाई विजय गराएर न्याय दिनुपर्छ”, उहाँले भन्नुभयो ।

कांग्रेस नेता चीरञ्जीवी वाग्ले, पूर्वसांसद जीवनप्रेम श्रेष्ठ, नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष हरिराम श्रेष्ठ, नेपाल इञ्जिनीयरिङ काउन्सिलका सदस्य ई होमनाथ पोखरेललगायतले सिंहको विजय सारा गोरखालीको विजय भएको भन्दै उहाँलाई जिताउनका लागि सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो ।