१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै पहिलोपटक कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु



अ+ अ-

काठमाडौं । नेपालमा पनि पहिलोपटक कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु भएको छ । कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सरकारी प्रयोगशालाहरुमा सुरुवात भएको जानकारी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो ।

हाललाई जम्मा ४२ वटा नमूनाहरु त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभाग र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सुरु गरिएको हो ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा र जैविक प्रविधि विभागमा १६ वटा जीन सिक्वेन्सिङका लागि लगिएको पनि मन्त्रालयले जनाएको छ । 

भाद्र र असोजमा संकलन भएको मध्ये ४१ वटा नमूनाहरुमा डेल्टा भेरियन्ट देखिएको र गत वैशाखमा ‘एस’ जीन नेगेटीभ भएको नमूनामा अल्फा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ ।