२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डजी रेनुलाई जिताउँछौं तर कांग्रेसलाई धोका नहोस् – जितनारायण



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोका नदिन आग्रह गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले प्रचण्डलाई विगतमा जस्तो धोका नदिन आग्रह गरेका हुन् ।

‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो त्यही गर्नुहुन्छ । प्रचण्डलाई मेरो अनुरोध छ तपाईंले बोली नफेर्नुहोला ।’ श्रेष्ठले भने ‘रेनु दाहालजीसहित गठबन्धनमा रहेका सबैलाई हामी जिताउँछौं तर जितिसकेपछि कांग्रेसलाई धोका नहोस्’