६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा आइपुग्यो मतपत्र



अ+ अ-

कालीकोट । आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ ।

जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पुर्याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश लालकाजी श्रेष्ठले आवश्यक मतपत्र सहित अन्य सामग्री जिल्ला आइपुगेको जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता छन् ।

जिल्ला निर्वाचन अधिकृत नन्दराम चौलागाईंले निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो । निर्वाचन सुरक्षामा लागि चारवटै सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले निर्वाचनमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो ।