• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

भरतपुर आमसभामा आउन देउवाको शेखर कोइरालालाई आग्रह



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा हुने सत्ता गठबन्धनको चुनावी आमसभामा आउन पार्टी नेता डा शेखर कोइरालालाई आग्रह गर्नुभएको छ ।

सभापति देउवाले टेलिफोन गरी डा कोइरालालाई चुनावी सभामा सम्बोधन गर्न आग्रह गर्नुभएको हो । यद्यपि डा कोइरालाले आफूलाई ढिलो खबर प्राप्त भएकाले सभामा आउन नसक्ने जानकारी गराउनुभएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न सभापति देउवासहित नेता रामचन्द्र पौडेल भरतपुर आइसक्नुभएको छ । आफ्नो कार्यव्यस्तताले गर्दा कार्यक्रममा आउन नसक्ने जवाफ दिएको डा कोइरालाले बताउनुभएको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले पार्टी सभापति देउवा, नेता पौडेल र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उपस्थित हुने बताएको थियो । चुनावी सभामा डा कोइरालालाई उपस्थित गराउने पूर्वनिर्धारण गरिएको थिएन ।