२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दोस्रो आन्दोलनपछि जनताले राजनीतिक स्थिरता चाहेपनि देशलाई खरानी बनाउने प्रयास हुँदैछ’



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले दोस्रो आन्दोलनपछि जनताले राजनीतिक स्थिरता चाहेपनि देशलाई खरानी बनाउने प्रयास भइरहेको बताएका छन् । 

राप्रपाको महोत्तरी जिल्ला अधिवेशन को सन्दर्भमा जलेश्वर पुगेका लोहनीले दोस्रो जनआन्दोलन पछि नेपाली जनताले राजनीतिक स्थिरता, सुशासन , प्रजातन्त्रको सुदृढीकरण, भ्रष्टाचार माथि नियन्त्रण, आर्थिक अनुसासन र परराष्ट्र नितिको आशा गरिएपनि भ्रष्टाचार,अवसरवाद,अधिनायकवाद, र लम्पसारवादको राजनीतिक माहामारिमा देशलाई खरानी बनाउने प्रयास हुँदै गरेको बताएका छन् ।  

उनले यसविरुद्ध जनताको आवाज बोक्ने पार्टी राप्रपा रहेको बताउँदै जनतामा जनजिविकाको सवाल र प्रजातन्त्रको संस्थागत विकास गर्ने दल पनि राप्रपा रहेको सन्देश पुर्याउन चुनौति रहेको उल्लेख गरे । 

उनले भने, ‘राष्ट्रनिर्माणको महा अभियानमा हामी लाग्नु परेको छ।भ्रष्ट र प्रजातन्त्रको पर्यावाची रहेको वर्तमान सरकार र कम्युनिस्ट विरुद्ध राप्रपा लडने सामर्थ्य राख्न सक्छ ।’

राप्रपा राजसंस्था र हिन्दुराष्ट्र चाहने पार्टी रहेको बताउँदै उनले अधिवेशन पश्चात् आँधिवेरी र ज्वारभाटा उठ्ने खालको आन्दोलनको तयारीमा रहेको र त्यसको लागि कार्यकर्ता तयार रहन निर्देशन समेत दिए । 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राजेन्द्र लिङदेनले राप्रपा भित्र अनुसासन कायम रहने गरि आउँदो अधिवेशनमा नेतृत्व चयन हुने र राजसंस्था,हिन्दुराष्ट्र राप्रपाकै बलमा स्थापना हुने बताए ।