१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यान मार्ने उद्योगमा संलग्न २ जना कसूरदार पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

मोरङ । ज्यान मार्ने उद्योगमा संलग्न कसूरदार विराटनगर महानगरपालिका–११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका–१ बस्ने ५३ वर्षीय महमद साजिद मियालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार दिउँसो विराटनगर महानगरपालिका–७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

धारिलो हतियार प्रहारबाट घाइते भएका लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । 

उनीहरुलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।