काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ ।
सभामुख सापकोटाले मंगलबार प्रतिनिधि सभामा उत्पत्ति भइ नेपालको संविधानको धारा १११ बमोजिम संघीय संसदका दुबै सदनबाट पारित भएका ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ प्रमाणित गर्नुभएको हो ।
सभामुखद्वारा प्रमाणित विधेयकहरु संविधानको धारा ११३ (१) बमोजिम प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइने सभामुखको सचिवालयले जनाएको छ ।












