२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघद्धारा अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको निन्दा



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सो बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि नै लक्ष्य गरेर हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो ।

पछिल्ला हप्ताहरुमा हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष्य बनाएको भन्दै यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । सो परिषदले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानमा मजार ए शरिफमा रहेको मस्जिदमा गत बिहीबार गरिएको हमलाका साथै अन्य आक्रमण हुँदा कैयौँ नागरिकको ज्यान गएको घटनाको निन्दा गरिएको थियो ।

साथै सो विज्ञप्तिमा गत शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो घटनाको पनि निन्दा गरिएको छ ।अफगानिस्तानमा जारी रहेका यी आतंककारी हमलाहरुको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले निन्दा गर्दै यस्ता हमलाका दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।