२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघद्धारा अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको निन्दा



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा गरेको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सो बैठकले पछिल्ला हप्तामा अफगानिस्तानमा सर्वसाधारण नागरिकमाथि नै लक्ष्य गरेर हिंसात्मक आक्रमणका घटना हुनु दुःखद भएको जनाएको हो ।

पछिल्ला हप्ताहरुमा हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष्य बनाएको भन्दै यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ । सो परिषदले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानमा मजार ए शरिफमा रहेको मस्जिदमा गत बिहीबार गरिएको हमलाका साथै अन्य आक्रमण हुँदा कैयौँ नागरिकको ज्यान गएको घटनाको निन्दा गरिएको थियो ।

साथै सो विज्ञप्तिमा गत शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो घटनाको पनि निन्दा गरिएको छ ।अफगानिस्तानमा जारी रहेका यी आतंककारी हमलाहरुको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले निन्दा गर्दै यस्ता हमलाका दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।