एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीचको खेल जारी छ ।
दुबईको सारझा क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले कोलकाता नाइट राइडर्सलाई १२८ रनको लक्ष्य दिएको छ ।
दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनायो ।
दिल्लीका लागि कप्तान रिषव पन्तले सर्वाधिक ३९ रन जोडे । त्यस्तै स्टिभ स्मिथले ३९ रन बनाउँदा शिखर धवनले २४ रन बनाए ।
बलिङतर्फ कोलकाताका लागि सुनिल नारायण, लकि फग्र्युसन, र भेन्कटेस एैरले समान दुई–दुई विकेट लिए भने टिम सउदीले एक विकेट लिए ।
ब्याटिङ गरिरहेको कोलकता अहिलेको स्थितीमा ४.४ ओभरमा १ विकेटको क्षतिमा ३४ रन जोडेको छ । कोलकताका भेन्कटेस एैर १५ बलमा १४ रन बनाउँदै आउट भएका छन् । उनलाई दिल्लीका ललित यादवले आउट पार्दै पेभिलियन फर्काए ।