१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको निजी सचिवालयमा स्वास्थ्यकर्मी भट्ट नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव दिपक भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयमा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सचिवालयले मंगलबार भट्टलाई जनस्वास्थ्य अधिकृतमा नियुक्त गरिएको हो।

भट्ट स्वास्थ्य सेवा विभागमा कार्यरत छन्। प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएका भट्टलाई स्वास्थ्य मन्त्रालयले काजमा खटाउने निर्णय समेत गरेको छ। भट्ट नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार समेत भएका थिए।