२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटसल लिग : राइजिङ क्लब र फुटसल पाँच धरान विजयी



अ+ अ-

कास्की । पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत आजको खेलमा द राइजिङ क्लब र फुटसल पाँच धरान विजयी भएका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा गत असोज २ गतेदेखि पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भइरहेको प्रतियोगिताको आजको पहिलो खेलमा राइजिङले ढुकु फुटसल हबलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा सुरुआत अग्रता ढुकुले बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित बन्न पुग्यो । राइजिङका मिलन राईले दुई तथा हेमन्त थापामगर, सुदीप गुरुङ र विवेक राइले एक÷एक गोल गर्नुभयो । ढुुकुका अमित लामा, प्रसिद्ध मगर, अभय रानाले एक÷एक गोल गर्नुभयो । 

खेलमा राइजिङका बिकु तामाङ म्यान अफ दी म्याच चुनिनु भयो र रु पाँच हजार पुरस्कार पाउनुभयो । यसैगरी आजको दोस्रो खेलमा घरेलु टोली सविन मेमोरियल पोखरा फुटसल ५ धरानसँग पराजित भएको छ । घरेलु टोलीको यो दोस्रो हार हो ।

फुटसल ५ धरानले सविनलाई ५–४ गोल अन्तरले पराजित गर्न सफल भयो । खेलमा सविनले सुरुआती ३ गोलको अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा खेलमा पराजित हुन पुग्यो । धरानका प्रवेश जोशी र विजय श्रेष्ठबाट समान दुई÷दुई गोल र रञ्जित गुरुङले एक गोल गर्नुभयो । सविनका अभिनाश तामाङले दुई तथा मनोज गुरुङ र अनुप राना मगरले एक÷एक गोल गर्नुभयो ।

असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।