१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु



अ+ अ-

गण्डकी । राष्ट्रिय खेलकुद परिषद्ले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । 

गण्डकी प्रदेशमा आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारीसहित पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको राखेपले जनाएको छ । पहिलो चरणमा खेल पूर्वाधार, प्रशिक्षक, रेफ्रीलगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययन सुरु गरेको परिषद्का सदस्य राजेश गुरुङले बताउनुभयो ।  

राखेप सदस्य गुरुङ र गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष भोजबहादुर गुरुङ सहितको टोलीले आज म्याग्दीका खेलमैदान र कबर्ड हलको निरीक्षण, जिल्ला खेलकुद विकास समिति र खेल सङ्घका पदाधीकारीसँग छलफल गरेको छ । कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने पहिचानका लागि राष्ट्रिय रेफ्री, खेल सङ्घका पदाधीकारी र प्राविधिक टोलीसहित यसअघि लमजुङ, गोरखा र तनहुँमा टोलीले सम्भाव्यता अध्ययन गरिसकेको छ । 

टोलीले बेनीको कालीपुलमा रहेको बाँस्केटबल, खुल्लामञ्च र चुत्रेनीको खेलमैदानको निरीक्षण गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण २०७७ फागुन २१ गतेदेखि सञ्चालन गर्ने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको थियो । 

‘‘२०७८ फागुन ६ देखि १६ सम्म प्रतियोगिता आयोजना गर्न खेलकुद मन्त्रालयलाई राखेपले प्रस्ताव गरेको छ’’, सदस्य गुरुङले भन्नुभयो, ‘‘कोरोना सङ्क्रमणको दर घटेको, पूर्वाधार तयार भएको, कोरोना विरुद्धको खोपको पहुँच बढेको र अर्थ मन्त्रालयले बजेटको व्यवस्था गरेकाले फागुन महिनासम्म प्रतियोगिता गर्न सकिन्छ ।’’ 

खेलकुद मन्त्री नियुक्त हुने वित्तिकै मिति घोषणा गरेर पालिका, जिल्ला र प्रदेश स्तरीय छनौट प्रतियोगिताको काम अघि बढाउने भएकाले तयारी गर्न खेलाडीहरुलाई सदस्य गुरुङले आग्रह गर्नुभयो । राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रतियोगिता अन्तर्गतका खेल आयोजना गर्ने योजना बनाएको छ । 

यद्यपि अधिकांश खेलहरू पोखरा महानगरभित्रै हुनेछन् । पौडीको पूर्वाधार तयार भएको र सुटिङ खेलका लागि पनि पूर्वाधार निर्माण प्रक्रिया अघि बढेको सदस्य गुरुङले बताउनुभयो । मुख्य खेलस्थलका रूपमा रहने पोखरा रङ्गशाला निर्माण सकिएको छ । एक हजार जना दर्शक क्षमताको रङ्गशालाको चारैतर्फ प्यारापिट जडान भइसकेको छ ।




भर्खरै