५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना

मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना
अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले आज दिनुभएको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान चाड ‘ईद उल फित्र’ पवित्र रमजानको एक महिने कठोर उपवासपछिको अन्तिम दिनमा पर्दछ र यो दिन पर्व मनाउन आकाशमा देखिने चन्द्रमाको आकार महत्वपूर्ण हुने बताउनुभएको छ ।

मुख्यमन्त्री राईले सन्देशमा मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो भन्दै परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् भन्नुभएको छ ।

उहाँले आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको उल्लेख गर्नुभएको छ । नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको उल्लेख गर्दै विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेकोले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको मुख्यमन्त्री राईले सन्देशमा व्यक्त गर्नुभएको छ ।

उहाँले हाम्रा जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा ईद–उल–फित्रका अवसरमा हार्दिक शुभकामना दिनुभएको हो ।