१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 2.57

Humidity: 64

Latest
कर वृद्धिमा कुनै पनि देशलाई छोड्दैनौँः अमेरिकी राष्ट्रपति ट्रम्प केटी पेरी महिला उडानमा अन्तरिक्षमा उडान भर्न तयार शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’बाट सम्मान गर्ने समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ: पूर्व राष्ट्रपति भण्डारी कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः लगातार पाँच हारपछि कोलकाताले राजस्थानलाई हरायो



अ+ अ-

एजेन्सी । लगातार पाँच हारपछि कोलकाता नाइट राइडर्सले फेरि जितको स्वाद चाखेको छ । राजस्थानलाई ७ विकेटले हराउँदै कोलकाताले सिजनको चौथो जित दर्तासहित अघिल्लो हारको बदला लिएको हो ।

यस सिजनको पहिलो खेलमा राजस्थानले कोलकातालाई ७ रनले हराएको थियो भने यस पटक नाइट राइडर्सले जित दर्ता गर्दै अंक बराबरी गरेको छ ।

श्रेयस अय्यरको नेतृत्वमा रहेको केकेआरले राजस्थानले दिएको १५३ रनको लक्ष्य तीन विकेटको क्षतिमा पाँच बल बाँकी रहँदै पछ्यायो । केकेआर अब अंक तालिकाको सातौं स्थानमा पुगेको छ । कोलकाताका लागि नितिश राना र रिंकु सिंहले खेल जित्ने इनिङ्स खेल्दै चौथो विकेटका लागि ३८ बलमा ६६ रनको साझेदारी गरे । नितिशले ३७ बलमा ४८ रनमा अविजित रहे भने रिंकु सिंहले २३ बलमा ४२ रन बनाए ।

राजस्थानले दिएको १५३ रनको लक्ष्य पछ्याएको केकेआरको सुरुवात खराब रह्यो । नयाँ ओपनिङ जोडी भए पनि टोलीले राम्रो सुरुवात गर्न सकेन । आरोन फिन्च र बाबा इन्दरजित पहिलो पावरप्लेमा नै पेभिलियन फर्किए । फिन्चले चार र इन्दरजीतले १५ रन बनाए । कप्तान श्रेयस अय्यरले नितिश राणासँग मिलेर तेस्रो विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरे । तर श्रेयस ठूलो इनिङ्स खेल्न असफल भए र १३ औं ओभरमा ३४ रन बनाएर आउट भए । उनलाई बोल्टले आउट पारे ।

त्यसपछि नितिश राणाले इनिङ्सलाई अगाडि बढाए र रिन्कु सिंहसँग चौथो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे । दुवैले ३८ बलमा ६६ रनको अटूट साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा कोलकाताले टस जितेर राजस्थानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । राजस्थानको सुरुवात राम्रो हुन सकेन र तेस्रो ओभरमा मात्र दुई रन बनाएर देवदत्त पडिक्कल आउट भए । त्यसपछि जोस बटलर र सञ्जु सामसनले इनिङ्सलाई एकसाथ सम्हाल्दै दोस्रो विकेटका लागि ४८ रन जोडे । तर, यसपटक बटलरले ठूलो इनिङ खेल्न सकेनन् र २५ बलमा २२ रन बनाएर आउट भए ।

त्यसपछि सञ्जु सामसनले करुण नायर र रियान परागसँग सानो साझेदारी गरे तर टोलीको रनरेट निकै कम थियो । यो अवधिमा सामसनले ३८ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनी १८ औं ओभरमा ४९ बलमा ५४ रन बनाएर आउट भए ।

त्यसपछि अन्तिम ओभरमा शिमरोन हेटमायरले द्रुत रन बनाए र टोलीको स्कोर १५० भन्दा माथि पुर्याए । हेटमायर १३ बलमा २७ रनमा अविजित रहे । कोलकाताका लागि टिम साउथीले दुई विकेट लिए ।