५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

काठमाडौँ–७ का वडाध्यक्ष उम्मेदवार भट्टराईको लक्ष्य ‘सुखी र समृद्ध वडा’

काठमाडौँ–७ का वडाध्यक्ष उम्मेदवार भट्टराईको लक्ष्य ‘सुखी र समृद्ध वडा’
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट काठमाडौँ वडा नं. ७ को वडाध्यक्ष उम्मेदवार बनेका कृष्णमणि भट्टराई ‘सुखी र समृद्ध वडा’ को नारा लिएर चुनावी मैदानमा होमिएका छन् । यस अघिको स्थानीय तह निर्वाचन २०७४ मै वडा सदस्य जितेका भट्टराई आफ्नो कार्यकालमा पुरा गर्न नसकेका कामहरु अब वडाध्यक्ष बनेपछि नै पुरा गर्ने लक्ष्यमा छन् । त्यसैले विगत ५ वर्षमा गरेका उपलब्धिलाई व्यवस्थित गर्दै नयाँ योजना र कार्य गर्ने अभिभारा लिन चाहेको उनी बताउँछन् । ‘सुखी र समृद्ध वडा’ को लक्ष्य पुरा गर्नका लागि आफू वडाध्यक्षको उम्मेदवार बनेको उनको भनाई छ ।

उनले विगत ५ वर्षमा गरेका काम आम वडा नं. ७ बासीलाई जगजाहेर नै छन् । तर पनि चुनावको समयमा आफूले विगतमा गरेका काम र आगामी योजना, रणनीति तथा लक्ष्य सुनाउन यतिबेला उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफूले विगतमा गरेका काम र भावि योजनाले आम वडाबासीको विश्वास जित्न सक्ने र निर्वाचनमा पनि जितेर आम मतदाताको विश्वासलाई टुट्न नदिने उनी बताउँछन् ।

वि.सं. २०३९ सालदेखि नै राजनीतिक र सामाजिक सक्रियता जनाउँदै आएका भट्टराई वडाबासीकोजस्तै पार्टीको पनि विश्वास पात्र मानिन्छन् । सोही विश्वासले नै उनले काठमाडौँ महानगरपालिकाको वडा नं. ७ (चाबहेल क्षेत्र) को नेतृत्व लिने जिम्मेवारी पाएका छन् । उनी पार्टीले दिएको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गर्छन् ।

को हुन् कृष्णमणि भट्टराई ?
कामपा–७ को गङ्गाहिटी निवासी कृष्णमणि भट्टराईको जन्म २०२४ साल जेठ ५ गते भएको हो । आई.ए. सम्मको अध्ययन गरेका भट्टराई २०३९ सालदेखि नै राजनीतिक एवम् सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका छन् । विद्यालयमा अध्ययन गर्दा २०३९ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा रहेर राजनीतिक जीवन सुरु गरेका भट्टराईले त्यस यता विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरु सफलतापूर्वक सम्पन्न गर्दै आएका छन् ।

वडाध्यक्ष पदका उम्मेदवार कृष्णमणि भट्टराईले प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको सदस्य (२०४२), नेकपा (एमाले) को साधारण सदस्य (२०४८), प्ररायु संघ चाबहिल कमिटी सदस्य (२०४८), नेकपा (एमाले) चाबहिल शाखा कमिटी सदस्य (२०४९), सङ्गठित सदस्य, नेकपा (एमाले), नेकपा (एमाले) पूर्वी क्षेत्रीय इलाका कमिटी सदस्य (२०५१) को जिम्मेवारी उदाहरणीय ढङ्गले पूरा गरिसकेका छन् । त्यस्तै, नेकपा (एमाले) काठमाडौँ नगर इलाका कमिटी सदस्य (२०५१), नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं. ४ क्षेत्रीय कमिटीको सदस्य एवम् प्रचार विभाग प्रमुख (२०६६), प्रचार विभाग सदस्य, संविधानसभा निर्वाचन–२०६४, नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी, प्रचार विभाग सदस्य (२०६५), प्रचार विभाग सदस्य, संविधानसभा निर्वाचन (२०७०) जस्ता महत्वपूर्ण राजनीतिक जिम्मेवारीहरुसमेत उनले कुशलतापूर्वक पुरा गरेका थिए ।

२०७८ सालदेखि उनी नेकपा (एमाले) को काठमाडौँ महानगर कमिटीको सचिवालय सदस्य तथा पार्टीको ७ नं. वडा कमिटीको इन्चार्जको रुपमा कार्यरत छन् । राजनीतिक अभियानमा सक्रिय रहने क्रममा उनी विद्यार्थीकालमा पटक–पटक गिरफ्तारीमा परेका थिए भने २०४६ र २०६२÷०६३ को आन्दोलनमा घाइतेसमेत बनेका थिए ।

भट्टराई राजनीतिक रुपमा मात्र सक्रिय छन् त्यसैगरी सामाजिक कार्यहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका छन् । रुद्रमती संरक्षण समिति (सेक्टर–५) को संयोजक एवम् रुद्रमती सफाई अभियानका प्रमुख अभियन्ताहरुमध्येमा रहेका भट्टराईले राष्ट्रिय शहीद पार्क अनुगमन समितिका सदस्य र कामपा–७ गङ्गाहिटी टोल सुधार समितिका अध्यक्षका रुपमा उदाहरणीय कार्य गरिसकेका छन् । एउटा अव्यवस्थित र अस्तव्यस्त टोललाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुराको राम्रो अनुभव संगालेका भट्टराई राष्ट्रिय नागरिक सरोकार केन्द्रका केन्द्रीय सहसचिव र नेपाल नागरिक समाज, काठमाडौँ जिल्ला सदस्यको रुपमा पनि क्रियाशील छन् । कामपा–७ का नागरिकहरुको हकहितको लागि लड्दै आएका भट्टराईले विभिन्न निकायसँग सहजीकरण गरेर जनताको सेवा गर्दै आएका छन् । रोगबाट पीडित र विपन्न नागरिकलाई स्थानीय अस्पतालहरुमा पुर्याएर उपचार गराउनेदेखि विभिन्न प्रशासनिक निकायबाट पीडित जनतालाई न्याय दिलाउने काममा समेत उनी निरन्तर लाग्दै आएका छन् । यस्ता कामबाट उनी एउटा सामाजिक कार्यकर्ताको रुपमा समेत परिचित छन् ।

यस्ता अनेकौं राजनीतिक एवम् सामाजिक योगदानहरुकै कारण २०७४ सालको स्थानीय तह निर्वाचनमा कृष्णमणि भट्टाई यस वडामा लोकप्रिय मतसहित वडासदस्यमा निर्वाचित भएका थिए । विगत पाँच वर्षमा उनले यस वडाको विकास र जनताको सेवामा पुर्याएको योगदान अतुलनीय छ । यस बारेमा वडाबासीहरु पनि जानकार छन् । वडा विकास र स्थानीय जनताको सुखसुविधामा उनले दिएको साथ, सहयोग र योगदानकै कारण आज उनी यस वडामा लोकप्रिय जनप्रतिनिधिको रुपमा सुपरिचित छन् । सधैँ जनताको साथमा रहँदै आएका र जनताकै सुख, दुःखका साथी बनेका भट्टराई स्थानीय निर्वाचन २०७९ मा यस वडा नं. ७ मा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् ।