२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख अधिकारीद्वारा जितिया पर्वको शुभकामना



अ+ अ-

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जितिया पर्वका उपलक्ष्यमा आज शुभकामना सन्देश दिनुभएको छ ।

प्रदेश प्रमुख अधिकारीद्वारा जारी सन्देशमा थारू समुदायका महिलाले नितान्त मातृस्नेह र मातृवात्सल्यका निमित्त भगवान् जीतमहान् गोसाइँ, विष्णु, शिव र सूर्यको श्रद्धापूर्वक भक्ति आरधना गरी मनाइने उल्लासको चाड जितिया पर्वको सु–अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

पारम्परिक गीत, सङ्गीतका साथमा नाचगानसहित जितिया पर्व हरेक वर्ष अश्विनको अष्ठमी तिथिको कृष्ण पक्षको दिन मनाइने सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ । उहाँले यस पर्वका अवसरमा आफन्तसितको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने यस पर्वलाई महत्वका साथ हेरिने भए पनि विश्व कोरोना भाइरसको महामारीबाट मुक्त नभई नसकेकाले यस परिप्रेक्ष्यमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई अत्यन्तै सावधानीपूर्वक भौतिक तथा सामाजिक दूरी कायम गर्दै जितिया पर्वलाई मनाउनुपर्ने बाध्यता भएको उल्लेख गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले जितिया पर्वको लोकप्रियतालाई बचाइ परम्परागत संस्कृतिलाई जोगाउन सरोकारवाला सबैलाई अनुरोध गर्दै नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याई मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा विकास गर्न आम नेपाली दाजुभाइ तथा दिदीबहिनी जुट्नुहुने कुरामा विश्वस्त रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।