२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनिष्ठलाई एआईजीपी बनाएको भन्दै पोखरेल र थापा सर्वोच्चमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा आफूहरुभन्दा कनिष्ठ अतिरिक्त महानिरीक्षक (एआईजीपी) लाई नियुक्त गर्ने सरकारको निर्णय बदरको मागसहित वरिष्ठ अतिरिक्त महानिरीक्षकद्वय विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पोखरेल र सहकुल थापाभन्दा १६ महिना कनिष्ठ अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो । नवनियुक्त आईजीपी सिंहले सोमबार बिहानै आईजीपीको दर्ज्यानी चिह्नसमेत लगाइसकेका छन् ।

सरकारले वरियता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै पोखरेल र थापाले अदालत जाने बताएका थिए ।