२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा माली, गिनी, बुर्किना फासोमा संवैधानिक व्यवस्थामा आग्रह



अ+ अ-

डाकार । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार साँझ माली, गिनी र बुर्किना फासोका अधिकारीहरूलाई जतिसक्दो चाँडो संवैधानिक प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ।

सेनेगलका राष्ट्रपति म्याकी सालसँगको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका प्रमुखले भन्नुभयो ‘संवैधानिक प्रक्रियामा छिटो फर्कन तीन देशका अधिकारीहरूसँग वार्ता जारी राख्नु महत्त्वपूर्ण छ।

उहाँले सहेल क्षेत्रको सुरक्षा अवस्थाको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गर्दै अफ्रिकी युनियनद्वारा लागू गरिएको र संयुक्त राष्ट्रसंघको समर्थनमा बलियो अफ्रिकी शान्ति स्थापना र आतङ्कवाद विरोधी अभियानहरूू जारी राख्ने वाचा व्यक्त गर्नुभयो।

उहाँले सम्पूर्ण अन्तरराष्ट्रिय समुदायलाई पश्चिम अफ्रिकी देशहरूलाई समर्थन गर्न आह्वान गर्नुभएको छ ।

गुटेरेस शनिबार साँझ डाकार पुग्नुभएको थियो। उहाँले नाइजर र नाइजेरियाको पनि भ्रमण गर्नुहुनेछ।