• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड ★   यार्सा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु ★   ज्ञानेन्द्र शाह सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादुर थापाको हात छः डा. सुरेन्द्र केसी ★   दरबारनिकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’ ★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो

देउवा सरकारका यी संयोग, प्रहरी र न्यायालयमा गलत प्रयोग



काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका दुई संयोग यस्ता छन् कि दुई पटक नै उनले प्रहरी र न्यायालयमा गलत प्रयोग गरेका छन् । यो गलत प्रयोग आफ्नो सत्तामा दुवै पटक दोहोरिएको छ ।

उनी विसं २०७४ मा प्रधानमन्त्री भएका बेला कनिष्ठ डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाएका थिए । त्यसपछि पहिलो वरियताका डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले दायर गरेको मुद्दामा जेष्ठता र वरिष्ठता मिचेर प्रहरी महानिरीक्षकको नियुक्ति गरिएमा संगठनका चेन अफ कमाण्ड भत्किने र यसले प्रहरीको व्यवसायिकता र अनुशासन समेत समाप्त हुने, जेष्ठता वा वरिष्ठतालाई कुनै उचित, पर्याप्त र मनासिब कारणको अभावमा अवमूल्यन गरियो भने परिणामतः स्वेच्छाचारिताले प्रश्रय पाउने व्याख्या गरेको थियो ।

यस पटक उनी प्रधानमन्त्री भएका समयमा पनि परिस्थिति त्यस्तै होला जस्तो छ । केस अदालत सम्म नै पुग्लाजस्तो छ । महानिरीक्षक शैलेश थापा क्षत्रीसहित २०४९ वैशाखमा सेवा प्रवेश गरेका सबै अधिकृतहरु सोमबारबाट अनिवार्य अवकासमा जाँदै छन् । नेपाल प्रहरीको चेन अफ कमाण्डमै असर पुग्ने गरी सरकारले हिजोमात्र कनिष्ठ अधिकारी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरिएपछि सिनियर एआइजीपीद्वय विश्वराज पोखरेल र सहकुल थापा यसविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।

यस्तै भएको थियो न्यायालयमा पनि । यसअघि पनि उनी प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकारको प्रस्तावमा संसदले महाअभियोग लगाएर निकालेको थियो । तर त्यो अत्यन्तै गलत प्रयास थियो । जसलाई पछि अदालतले नै पुनस्र्थापना गरिदियो र उनले पूरै कार्यकाल प्रधानन्यायाधीश खाएर रिटायर्ड भइन् ।

अहिले पनि यस्तै भएको छ । यही गठबन्धन सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएर निकालेको छ । राणा स्वत: निलम्बित छन् यता संसद भने महाअभियोग प्रस्तावमा छलफल नगरी सकाइएको छ । यस विषयमा आगामी दिनमा के हुन्छ हेर्न नै बाँकी छ ।