५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा सरकारका यी संयोग, प्रहरी र न्यायालयमा गलत प्रयोग



अ+ अ-

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाका दुई संयोग यस्ता छन् कि दुई पटक नै उनले प्रहरी र न्यायालयमा गलत प्रयोग गरेका छन् । यो गलत प्रयोग आफ्नो सत्तामा दुवै पटक दोहोरिएको छ ।

उनी विसं २०७४ मा प्रधानमन्त्री भएका बेला कनिष्ठ डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाएका थिए । त्यसपछि पहिलो वरियताका डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले दायर गरेको मुद्दामा जेष्ठता र वरिष्ठता मिचेर प्रहरी महानिरीक्षकको नियुक्ति गरिएमा संगठनका चेन अफ कमाण्ड भत्किने र यसले प्रहरीको व्यवसायिकता र अनुशासन समेत समाप्त हुने, जेष्ठता वा वरिष्ठतालाई कुनै उचित, पर्याप्त र मनासिब कारणको अभावमा अवमूल्यन गरियो भने परिणामतः स्वेच्छाचारिताले प्रश्रय पाउने व्याख्या गरेको थियो ।

यस पटक उनी प्रधानमन्त्री भएका समयमा पनि परिस्थिति त्यस्तै होला जस्तो छ । केस अदालत सम्म नै पुग्लाजस्तो छ । महानिरीक्षक शैलेश थापा क्षत्रीसहित २०४९ वैशाखमा सेवा प्रवेश गरेका सबै अधिकृतहरु सोमबारबाट अनिवार्य अवकासमा जाँदै छन् । नेपाल प्रहरीको चेन अफ कमाण्डमै असर पुग्ने गरी सरकारले हिजोमात्र कनिष्ठ अधिकारी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरिएपछि सिनियर एआइजीपीद्वय विश्वराज पोखरेल र सहकुल थापा यसविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।

यस्तै भएको थियो न्यायालयमा पनि । यसअघि पनि उनी प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकारको प्रस्तावमा संसदले महाअभियोग लगाएर निकालेको थियो । तर त्यो अत्यन्तै गलत प्रयास थियो । जसलाई पछि अदालतले नै पुनस्र्थापना गरिदियो र उनले पूरै कार्यकाल प्रधानन्यायाधीश खाएर रिटायर्ड भइन् ।

अहिले पनि यस्तै भएको छ । यही गठबन्धन सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएर निकालेको छ । राणा स्वत: निलम्बित छन् यता संसद भने महाअभियोग प्रस्तावमा छलफल नगरी सकाइएको छ । यस विषयमा आगामी दिनमा के हुन्छ हेर्न नै बाँकी छ ।