१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको राजधानीमा आइएसद्वारा बम विष्फोट, एक महिलाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काबुल । इस्लामिक स्टेट्स (आइएस) समूहले आइतवार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ ।हालै जारी रहेको रमजान उपवास महिनामा गएको दुई हप्तायता भएका घातक आक्रमणहरूमा परी दर्जनौं व्यक्ति मारिनुको साथै घाइते भएका समाचारमा जनाइएको छ ।

राजधानी काबुलमा भएको बस आक्रमणमा परी एक महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका यहाँँको प्रहरीले जनाएको छ । गत शुक्रबारको मस्जिदमा भएको बम विष्फोटको जिम्मा कुनै समूहले लिएको छैन, तर बसमा भएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ ।

विशेष गरी सुन्नी बहुल्लता रहेको स्थानमा अफगानिस्तानको अल्पसंख्यक शिया र सुफी समुदायहरूलक्षित हालैका हप्ताहरूमा भएका बम विस्फोटनलगायतका आक्रमणहरूको आइएस समूहले दाबी गर्दै आएका छन् । तालिबान अधिकारीहरूले आफ्नो सेनाले आईएसलाई पराजित गरेको दाबी गर्दै आएका छन् । तर विश्लेषकहरूले जिहादी समूह प्रमुख सुरक्षा चुनौती रहेको बताउँदै आएका छन् ।

यसैबीच काबुल प्रहरीले रमजानको अन्त्य भएको इद अल–फित्र बिदामा “सुरक्षा सुनिश्चित गर्ने“ वाचा गरेको छ ।