• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको पौडेलको आरोप



file

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएकोे हो । उहाँले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाउनु भयो ।

उहाँले नेकपा एमालेले विकासका योजनाहरु अलपत्र बनाएको पनि बताउनु भयो । वरिष्ठ नेता पौडेलले नेकपा एमालेले बारम्बार संसदमाथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘गाउँमै आम्दानी गाउँमै रोजगारी यो अभियान हाम्रो हुन्छ, काँग्रेसको हुन्छ । त्यसो भएकोले निर्धक्कसँग जनतालाई भन्नुहोस्, आज विकासको नाममा एमाले पार्टीका कार्यकर्ताले केन्द्रबाट बजेट लाने, आफैँ उपभोक्ता बन्ने, आफैँ ठेकदार बन्ने, बजेट सबै खल्तीमा हाल्ने । विकासको योजना अलपत्र पार्ने काम गरेका छन् । यसबाट हामी अब नेपाललाई मुक्त गर्छौं भनेर जनतालाई भन्नुहोस् तपाईहरुले । जनताको अधिकारमाथि हमला भएको छ । बारम्बार सांसद बनाएर जनताले भोट दिएर पठाउने, त्यसै संसदलाई भंग गरेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने देशमा लोकतन्त्रमाथि कुठाराघात गर्ने, राजा महेन्द्रले २०१७ सालमा गरेजस्तै संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज नेपाली काँग्रेसले सामना गर्न गठबन्धन गरेको छ ।

आज वास्तवमा हाम्रो र ओलीको गठबन्धन । ओलीले पनि गठबन्धन गरेका छन् । ओलीको गठबन्धन कस्तो छ ? पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादीहरुलाई लिएर आज ओली गठबन्धन गरिरहेका छन् । तर हामीले परिवर्तनका पक्षधरहरु, संविधानका पक्षधरहरु र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेका छौँ । हाम्रो गठबन्धन राजनीतिक रुपले, सैद्धान्तिक रुपले, वैचारिक रुपले र राष्ट्रिय रुपले राष्ट्रको आवश्यक्ताको गठबन्धन हो । जनताको आवश्यक्ता हो । तर उनले गरेको गठबन्धन हेर्नुहोस् कस्ता तत्वसँग ओली आज हात मिलाउन गएका छन् ? सारा पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादी, भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको छ ओलीले । यो एमालेले । हाम्रो राजनीति पनि ठिक बाटोमा गएको छ । विकास रणनीति पनि सही ढंगको छ ।’

वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढीरहेको पनि बताउनु भयो ।