१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवा निवृत्त सैनिकको रहर लाग्दो कालिजपालन



अ+ अ-

गलेश्वर । भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ ।

रञ्जिला कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर २०७७ सालको फागुनबाट व्यवसायिक रुपमा नै कालिजपालन सुरु गर्नुभएको घिमिरेले सात महिनाको अवधिमा राम्रो आम्दानी मात्रै गर्नुभएको छैन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बन्नुभएको छ । रु २१ लाखको लगानीबाट कालिजपालन सुरु गर्नुभएका घिमिरेको फर्ममा अहिले ६०० कालिज हुर्कदै छन् । यस अवधिमा उहाँले ११० वटा कालिज बिक्री गर्नुभएको छ । लामो अध्ययनपछि उहाँले फाँपरखेतमा कालिज पाल्ने सोच बनाउनुभएको हो ।

“भारतीय गोर्खा सैनिकमा हुँदा आफ्नै गाउँको जस्तै भूगोल भएको दार्जिलिङमा कालिजपालन गरेको देखेर म लोभिएको थिएँ”, ३९ वर्षीय फरासिला घिमिरेले भन्नुभयो, “पाँच वर्षपछि सेवा निवृत्त भएर गाउँ आएँ, यहाँ आउदा नेपाल सरकारले कालिजपालनका लागि अनुमति दिएको थाहा पाएपछि तत्कालै कालिजपालन व्यवसाय सुरु गरेको हुँ ।” 

घिमिरेले सात रोपनी पाखोबारीलाई घेराबार गरेर जालीले छोपेको खोर बनाउनुभएको छ । त्यही खोरमा चारसय बढी ‘रिङनेट’ जातका कालिज हुर्किरहेका छन् । अधिकांश कालिज बिक्रिका लागि योग्य भएका घिमिरेले बताउनुभयो । कालिज बेनी, भकुण्डे, बागलुङ र पोखराको बजारमा प्रतिगोटा रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । कालिजका लागि उहाँले रैथाने आहारा (मकै, गहुँ,कोदो) का साथै बजारबाट आयातित दाना खुवाउने गर्नुभएको छ । त्यसका साथै हरियो भूइँ तथा डालेघाँसबाट पनि उहाँले कालिजलाई दानाको व्यवस्थापन गरेको बताउनुभयो । उहाँको फार्ममा स्थानीय तीन जना व्यक्तिले रोजगारी समेत पाएका छन् ।

निकट भविष्यमा ह्याचिङ मेसिन राखेर आफै चल्ला उत्पादन गर्ने र मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने उहाँको योजना छ । पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उहाँले जानकारी दिनुभयो ।

कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ । पाँचदेखि सात महिनाभित्र बिक्री गर्न योग्य हुने कालिजलाई व्यावसायिक रुपमा विस्तार गर्दै लैजाने सोच उहाँको रहेको छ । (रासस)