• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ ★   आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ ★   गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता ★   जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटियो ★   हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न गृहको ३ बुँदे निर्णय ★   नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी ★   संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल ★   मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित ★   ‘नवौं नम्बरमा ब्याटिङ गर्न आएका धोनीले जिम्मेवारी लिनुपर्छ’ ★   गोंगबुको होटलमा महिलाको शव फेला, एक जना पक्राउ

कलाकार डङ्गोलको एकल चित्रकला प्रदर्शनी



काठमाडौं । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आजसम्म जारी रहने छ ।

प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गर्नुभएको छ । उहाँका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक बिम्बको रूपमा प्रयोग गरिएको छ ।

चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक बुट्टा, डिजाइन र प्याटर्नले आफू र आफ्ना मनमा आएका विचार, तर्क र सोच तथा आफ्नो समयको धैर्यलाई बोध गरेको उहाँले बताउनुभयो ।

“कलाको यात्रामा काम गर्दै जाँदा मैले एकदिन आत्मा वा मनमा केन्द्रित भएर पनि काम गर्छु भन्ने सोचेकै थिइनँ । संसारको हरेक कुरा महसुस गर्नु, ग्रहण गर्नु, सिक्नु, सिकाउनु, संस्कार, संस्कृति, प्रकृति सबै आखिर यही मन आत्मामै केन्द्रित हुने गर्दछ”, उहाँले भन्नुभयो ।

आफ्ना चित्रले कुनै प्रकृतिसँग झुकाव राख्दछ भने कुनै सांस्कृतिक दृश्यसँग झुकाव राख्ने उहाँको भनाइ छ । रासस