१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंक लिमिटेडको अगुवाईमा ३ वटा बैंकको लाङटाङ खोला जलविधुत आयोजनामा लगानी



अ+ अ-

काठमाडौं । स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविधुत आयोजना” को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । 

उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्घार्थ बैंक तथा एन.सी.सी बैंकको  सहभागितामा बनेको कन्सोर्टियमद्घारा करीब ३ अर्ब रुपैँया लगानी गर्ने सम्झौता भएको छ ।  

मिति २०७८/०६/११ गते सोमबार का दिन प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा. लि र बैंक  बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । यस कम्पनीका अध्यक्ष श्री कृष्ण प्रसाद आचार्य,  स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था, नेपालका अध्यक्ष समेत रहेका छन् ।  

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैँया अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको जनाएको छ । आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विद्युत चिलिमे हब  सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।  

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ । 

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा  निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल  बीओक्यु (बील अफ क्वान्टिती) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको जनाएको छ ।