• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन ★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

१ लाख ५३ हजार २ जना उम्मेदवारहरुको मनोनयन दर्ता: निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल बैशाख ३० गतेका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो । बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने आयोगले निर्णय गरको बताउनुभयो ।

त्यस्तै मतदान केन्द्र रहेको विद्यालयहरुमा बैशाख २८ गतेदेखि ३० गतेसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न पनि आयोगले सरकारलाई अनुरोध गरेको छ । त्यसैगरी मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचनालाई बैशाख २८ गतेदेखि ३० गतेसम्म प्रयोग गर्न दिन पनि आयोगले संघीय मामिला मन्त्रालयमार्फत् सबै स्थानीय तहसँग माग गरेको छ । निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयबारे जानकारी दिदै सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकिय कार्य सञ्चालन गर्न मिति २०७९ बैशाख २८ गतेदेखि मिति २०७९ बैशाख ३० गतेसम्म ३ दिनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरुका विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतीबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने । २०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर मिति २०७९ बैशाख २८ गतेदेखि २०७९ बैशाख ३० गतेसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् सबै स्थानीय तहलाई लेखि पठाउने । स्थानीय तह निर्वाचनको मतदान हुने मिति २०७९ बैशाख ३० गते शुक्रवारका दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने ।’

सहायक प्रवक्ता अर्यालले निर्वाचन आयोगमा बिहीबार ३ः३० बजेसम्म आएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको बताउनुभयो । यसमध्ये प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘निर्वाचन आयोगको प्रणालीमा दिउँसो ३ः३० बजेसम्म कम्युटरमा प्रविष्ट भएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ ।’

आयोगले बिहीबारसम्ममा ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मत पत्र छपाई गरिसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकिएको जानकारी दिएको छ ।