• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिम ★   धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल, सिप मेलाको अवलोकनमाः निराशहरुलाई तालिमले आशा दिलाएको प्रतिक्रिया ★   दन्त परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा ★   वर्षापछि वायु प्रदूषण घट्दै ★   एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैन: काँगेस ★   ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता ★   ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु ★   च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै ★   सन्दीपको सफलताः फेसबुकमा १० लाख फलोअर्स हुने पहिलो नेपाली खेलाडी ★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु

विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा किन ?



हप्तामा दुईदिन बिदाले नत सरकारको इन्धन र अन्य सञ्चालन खर्च घट्छ न कर्मचारीको कार्यसम्पादनमा चमक आई सेवाग्राहीले शीघ्र, गुणस्तरीय र कम लागतमा सेवा पाउछन। यसबाट विकट भौगोलिक क्षेत्र र सडकरयातायात सञ्जालमा नजोडिएका स्थानमा टाढाबाट सेवा लिन आउने सर्वसाधारणको सास्तीमा थप केही खुट्किला थपिनेछन्।

हाम्रो जस्तो विश्वमै सार्वजनिक बिदा धेरै भएको र समय पालनामा लापरबाह मुलुकमा हप्तामा दुईदिन बिदाबाट सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुने सेवाप्रवाह र यसबाट सेवाग्राहीलाई पर्ने असर, निजीक्षेत्रको चासो, कर्मचारीको कार्यसम्पादन क्षमतामा आउने परिवर्तन, सामाजिक मनोभाव, समयको पालना एवं मुलुकको समग्र अर्थतन्त्रमा गर्ने प्रभावको सुक्ष्म अध्ययन नगरी सरकारको खर्च बचत हुने असंभव आशामा सरकारले यस्तो गलत निर्णय लिनु हुने थिएन।

विकसित र सूचना प्रविधिको भरपुर उपयोग गरी प्राय सबै सेवा अनलाइनबाट प्रवाह गर्ने मुलुकसँग तुलना गरेर हप्तामा दुईदिन बिदा दिने अवस्थामा हामी अझै पुगेका छैनौँ। विगतको परीक्षणबाट असफल भएको दुईदिने बिदा इन्धन बचाउने नाममा बिना कुनै अध्ययन हचुवाको भरमा हठात् लागु गर्नु हुँदैन। निर्णय सच्याउनु उपयुक्त हुन्छ।

सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन सावर्जनिक बिदा दिने निर्णय गरेको छ । हाललाई परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । अब बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गरिएको छ ।

सुवेदी नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ । उहाँको सामाजिक संञ्जालबाट