१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 4.12

Humidity: 64

Latest
एमालले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’बाट सम्मान गर्ने समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ: पूर्व राष्ट्रपति भण्डारी कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… यू-१९ विश्वकप एसिया छनोटः नेपालले ओमानलाई सजिलै हरायो नयाँ वर्षः पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको चाप एमाले सचिवालय बैठक जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान आज, नेपाल एयरलाइन्सको वाइडबडी बिमानबाट उडान



अ+ अ-

भैरहवाः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सले आज बिहीबार परीक्षण उडान गर्ने भएको छ। नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी बिमान बिहीबार दिउँसो ३ बजे काठमाडौँबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्न लागेको हो ।

नेपालको इतिहासमा पहिलो पटक दोस्रो अन्तरराष्ट्रिय बिमानस्थलमा ठूलो बिमान अवतरण गर्न लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी करिब २६० जना यात्रु लिएर बिमान गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने तयारी भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताउनुभएको छ ।

उक्त बिमान भैरहवा पुगेको दुई घण्टापछि फेरि काठमाडौँ फर्किने तयारी छ। दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि दाहालले जानकारी दिनुभयो। काठमाडौँबाट आएका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियमअनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने तयारी छ ।

गौतमबुद्ध विमानस्थलमा यसअघि नयाँ वर्षको पहिलो दिन उडान गर्ने भनिए पनि तयारी नपुगेका कारण उडान रोकिएको थियो।

थाइल्याण्डको एरो थाई कम्पनीले गत फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो। विमानस्थलबाट आउँदो जेठ २ गतेदेखि नियमित व्यावसायिक उडान हुनेछ। जजिरा एयलाइन्सले जेठ २ देखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ।

कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थलमा तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ। २०७१ सालमा शिलान्यास भएको विमानस्थल साढे ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो। तर, भूकम्प, नाकाबन्दी, मधेश आन्दोलन र कोरोना महामारीलगायत विभिन्न कारणले विमानस्थल निर्माणमा केही ढिलाइ भएको हो।