१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लिभरपुलद्वारा भिलारियल पराजित



अ+ अ-

काठमाडौं— युरोपेली फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा लिभरपुलले भिलारियललाई २-० गोल अन्तरले पराजित गरेको छ । आफ्नो गृह मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले भिलारियलमाथि तिब्र दबाब सिर्जना गरेको थियो ।

गोल गर्ने राम्रा अवसरहरु सिर्जना गरे पनि लिभरपुलले पहिलो गोल दोस्रो हाफको ५३औं मिनेटमा मात्र प्राप्त गरेको थियो । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले डिबक्सभित्र गरेको क्रसलाई रोक्ने क्रममा आत्मघाती गोल भएको थियो ।

भिलारियल खेलमा पूरै समय रक्षात्मक भएको थियो । भिलारियलले लिभरपुलको पोस्टमा खासै आक्रमण गरेकै थिएन ।

दोस्रो हाफको ५५औं मिनेटमा साडियो मानेले दोस्रो गोल गरेका थिए ।

अब दोस्रो सेमिफाइनल लेग भिलारियलको गृह मैदानमा आगामी मे ४ मा हुनेछ ।

अर्को सेमिफाइनल खेल भने रियल म्याड्रिड र म्यान्चेस्टर सिटी बीच मे ५ मा हुनेछ । फाइनल खेल भने मे २८ मा पेरिसमा हुनेछ ।