२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लिभरपुलद्वारा भिलारियल पराजित



अ+ अ-

काठमाडौं— युरोपेली फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा लिभरपुलले भिलारियललाई २-० गोल अन्तरले पराजित गरेको छ । आफ्नो गृह मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले भिलारियलमाथि तिब्र दबाब सिर्जना गरेको थियो ।

गोल गर्ने राम्रा अवसरहरु सिर्जना गरे पनि लिभरपुलले पहिलो गोल दोस्रो हाफको ५३औं मिनेटमा मात्र प्राप्त गरेको थियो । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले डिबक्सभित्र गरेको क्रसलाई रोक्ने क्रममा आत्मघाती गोल भएको थियो ।

भिलारियल खेलमा पूरै समय रक्षात्मक भएको थियो । भिलारियलले लिभरपुलको पोस्टमा खासै आक्रमण गरेकै थिएन ।

दोस्रो हाफको ५५औं मिनेटमा साडियो मानेले दोस्रो गोल गरेका थिए ।

अब दोस्रो सेमिफाइनल लेग भिलारियलको गृह मैदानमा आगामी मे ४ मा हुनेछ ।

अर्को सेमिफाइनल खेल भने रियल म्याड्रिड र म्यान्चेस्टर सिटी बीच मे ५ मा हुनेछ । फाइनल खेल भने मे २८ मा पेरिसमा हुनेछ ।