२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरात टाइटन्सको उत्कृष्ट प्रदर्शन जारी, सनराइजर्स हैदराबाद ५ विकेटले पराजित



अ+ अ-

काठमाडौंः इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा यसै वर्ष प्रवेश गरेको नयाँ टिम गुजरात टाइटन्सले उत्कृष्ट प्रदर्शन जारी राखेको छ । बुधबार साँझ भएको खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ ।

जितका लागि १९६ रनको विशाल लक्ष्य पाएको गुजरातले २० ओभरको अन्तिम बलमा छक्का हानेर पुरा गरेको थियो । गुजरातका लागि रसिद खानले अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार छक्का प्रहार गरेर सनराइजर्सलाई हिस्स पारेका थिए ।

सनराइजर्सका युवा बलर जान्सेनको अन्तिम ओभरमा राहुल टेबटिया र रसिदले २५ रन जोडेका थिए जसमा रसिदले ३ तथा राहुल टेबटियाले १ छक्का प्रहार गरेका थिए ।

यसअघि गुजरातले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सनराइजर्सले सुधारिएको खेल देखाउँदै २० ओभरमा ५ विकेट गुमाएर १९६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । सनराइजर्सका लागि अभिशेक शर्माले ६५, एडन मार्करामले ५६ तथा अन्त्यतिर आएका शशांक सिंहले ६ बलमा २५ रन बनाएका थिए ।

गुजरातका लागि हृद्दीमन साहले ६८, राहुल टेबटियाले ४० रन बनाएका थिए ।

यो जितसँगै गुजरात टाइटन्स फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । आठ खेल खेलेको गुजरातले ७ वटामा विजयी हुँदै १४ अंक बटुलेको छ भने दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १२ अंक छ ।

सनराइजर्स हैदराबादको भने ८ खेलबाट १० अंक सहित तेस्रो स्थानमा छ ।