• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छः गृहमन्त्री खाण



file

चितवन । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निस्पक्ष तवरले हुने बताउनुभयो ।

प्रतिपक्षी दलका नेताले सरकार निर्वाचन नगर्ने मनसायमा रहेको छ भन्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “संविधानसभाको निर्वाचन हुँदैन भन्थे भयो, कांग्रेसको महाधिवेशन हुँदैन भन्थे भयो यो हल्ला हो ।”

बागी उम्मेदवारका सम्बन्धमा मन्त्री खाणले कांग्रेसका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ मेरा अग्रज नेताहरू हुनुहुन्छ । समकालिन हुनुहुन्छ । उहाँहरूसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अघि बढाउने चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने त्यसमा सबैसँग परामर्श गरेर अघि बढ्छौँ ।”

उम्मेदवारी फिर्ता लिने समय रहेको भन्दै उहाँले भन्नुभयो, “पार्टीको निर्णयलाई सहजतापूर्वक लिएर उम्मेदवारी फिर्ता लिनुस् भनिएको छ । विश्वास छ नेता कार्यकर्ताले आफूले दिनुभएको उम्मेदवारी फिर्ता लिनुहुन्छ ।” कांग्रेसका नेता साथीहरूलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने विषयमा मन र हृदय लिएर आफू चितवन आएको उहाँको भनाइ थियो ।

अहिलेको गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको भन्दै उहाँले भन्नुभयो, “अहिले राष्ट्रिय राजनीति गठबन्धनको जगमा उभिएको छ ।” यसलाई सबैले सहजतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ ।”

काङ्ग्रेसको भावना प्रतिकूलभन्दा पनि यो गठबन्धन गर्दा खेरी आफूले चाहेको मात्रै नहुने बताउँदै उहाँले भन्नुभयो, “अर्को राजनीतिक शक्ति जो गठबन्धनमा आबद्ध छ, त्यो शक्तिसँग पनि संवाद छलफल हुन्छ । कहिलेकाहीँ एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।” मन्त्री खाणले शीर्ष नेताले निर्णय गर्नुभएकाले सो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सबैले त्यतिनै योगदान पुर्याउनुपर्ने बताउनुभयो ।