१९ श्रावण २०८३, मंगलवार
,
Latest
प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता नेकपा सांसद विकको प्रश्न– जाजरकोट भूकम्पपीडितले अझै कति समय टहरामै बस्नुपर्ने हो ? अर्थतन्त्रको पुनरुत्थान र लगानी विस्तारका लागि बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री डा. वाग्ले रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल



अ+ अ-

काठमाडौँ । नेपाल र संयुक्त राज्य अमेरिकाबिच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा)को सातौँ बैठक सम्पन्न भएको छ ।

काठमाडौँमा सम्पन्न बैठकमा अमेरिकाको दक्षिण र मध्य एशियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेंडन लिंचको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र नेपालका प्रतिनिधिहरूले दुवै देशका वस्तु र सेवाहरूमा द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल गर्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

 

‘आज, नेपाल सरकारले संयुक्त राज्य अमेरिका र नेपालको बीचको व्यापार तथा लगानीसम्बन्धी सम्झौता परिषद्को (टिफा) सम्बन्धी सातौं परिषद् बैठक आयोजना गर्यो । अमेरिकाको दक्षिण र मध्य एशियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेंडन लिंचको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र नेपालका प्रतिनिधिहरूले दुवै देशका वस्तु र सेवाहरूमा द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल गर्नुभयो ।’ दूतावासले एक वक्तव्य जारी गर्दै भनेको छ ।

टिफा छलफलको शुरुवात अप्रिल १५, २०११ मा भएको थियो । २०१५ मा नेपालमा भएको विनाशकारी भूकम्पपछि, व्यापार सुविधा र व्यापार प्रवर्तन ऐन २०१५ ले नेपालका लागि ७७ हार्मोनाइज्ड ट्यारिफ शेड्यूलमा समावेश गरिएका उत्पादनहरू (जस्तै हस्तकला, शल, र यात्रा सामग्रीहरू) लाई ड्युटी–फ्री पहुँच प्रदान गर्ने नयाँ देश–विशेष प्राथमिकता कार्यक्रम स्थापना गरिएको थियो ।

नेपाल र संयुक्त राज्य अमेरिका आपसी व्यापार वृद्धि र नेपालको अर्थतन्त्रलाई सशक्त बनाउन निरन्तर सहकार्य गर्दै आएको जनाउँदै नेपालको आर्थिक वृद्धिको समर्थन गर्दै आपसी समृद्धि आफ्नो प्रमुख प्राथमिकतामा पर्ने पनि दूतावासको भनाई छ ।