२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल



अ+ अ-

काठमाडौँ । नेपाल र संयुक्त राज्य अमेरिकाबिच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा)को सातौँ बैठक सम्पन्न भएको छ ।

काठमाडौँमा सम्पन्न बैठकमा अमेरिकाको दक्षिण र मध्य एशियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेंडन लिंचको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र नेपालका प्रतिनिधिहरूले दुवै देशका वस्तु र सेवाहरूमा द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल गर्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

 

‘आज, नेपाल सरकारले संयुक्त राज्य अमेरिका र नेपालको बीचको व्यापार तथा लगानीसम्बन्धी सम्झौता परिषद्को (टिफा) सम्बन्धी सातौं परिषद् बैठक आयोजना गर्यो । अमेरिकाको दक्षिण र मध्य एशियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेंडन लिंचको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र नेपालका प्रतिनिधिहरूले दुवै देशका वस्तु र सेवाहरूमा द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल गर्नुभयो ।’ दूतावासले एक वक्तव्य जारी गर्दै भनेको छ ।

टिफा छलफलको शुरुवात अप्रिल १५, २०११ मा भएको थियो । २०१५ मा नेपालमा भएको विनाशकारी भूकम्पपछि, व्यापार सुविधा र व्यापार प्रवर्तन ऐन २०१५ ले नेपालका लागि ७७ हार्मोनाइज्ड ट्यारिफ शेड्यूलमा समावेश गरिएका उत्पादनहरू (जस्तै हस्तकला, शल, र यात्रा सामग्रीहरू) लाई ड्युटी–फ्री पहुँच प्रदान गर्ने नयाँ देश–विशेष प्राथमिकता कार्यक्रम स्थापना गरिएको थियो ।

नेपाल र संयुक्त राज्य अमेरिका आपसी व्यापार वृद्धि र नेपालको अर्थतन्त्रलाई सशक्त बनाउन निरन्तर सहकार्य गर्दै आएको जनाउँदै नेपालको आर्थिक वृद्धिको समर्थन गर्दै आपसी समृद्धि आफ्नो प्रमुख प्राथमिकतामा पर्ने पनि दूतावासको भनाई छ ।