१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै जेठी महिलाको निधन



अ+ अ-

एजेन्सी । विश्वकै जेठी महिला केन तनाका रहिनन् । जापान निवासी केनले ११९ वर्षको उमेरमा अन्तिम सास लिइन् । उनको जन्म २ जनवरी १९०३ मा दक्षिणपश्चिम जापानको फुकुओकामा भएको थियो ।

केन तनाकाको जन्म भएको वर्ष राइट भाइहरूले आफ्नो पहिलो उडान गरेका थिए । सन् २०१९ मा उनको नाम गिनिज बुकमा लेखिएको थियो । जसमा केन तनाका विश्वकै सबैभन्दा वृद्ध महिला भएको बताइएको थियो ।

केन तनाकाको निधन भएको जापानी सरकारले सोमबार घोषणा गरेको छ । मिडिया रिपोर्टका अनुसार केन तनाकाले अप्रिल १९ मा एक अस्पतालमा संसारलाई बिदाइ गरिन् । केन तनाकाको मृत्युपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले पनि ट्वीट गर्दै केन अब यो संसारमा नरहेको भन्ने जानकारी गराउन दुःख लागेको बताएको छ ।

केन तनाकालाई चकलेट र फिजी पेय मन पर्थ्यो । केनको विवाह सन् १९२२ मा भएको थियो र उनी ४ सन्तानकी आमा थिइन् । पछिल्लो समय उनी नर्सिङ होममा बस्दै आएकी थिइन् । यहाँ उनी सोडा, चकलेट, बोर्ड गेमको मजा लिन्थिन् ।

सन् २०१९ मा जब उनको नाम गिनिज वर्ल्डमा प्रवेश भएको थियो, त्यतिबेला उनी ११६ वर्षकी थिइन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले उनलाई संसारको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्थान दिएको थियो।