• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव ★   स्याङ्जामा पहिराेमा पुरिएर तीनजनाको मृत्यु ★   तनहुँमा पहिराेमा परी तीन बेपत्ता ★   एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने ★   रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै ★   बिद्रोह नगरेको भए दास भएर बस्नुपर्दथ्यो ,समर्पण गरेर बस्नुपर्दथ्यो: माधव नेपाल ★   मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त ★   काँग्रेसले भन्यो: संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैनौँ ★   ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध ★   रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन्

वर्षायाम लाग्दैछ, पाटन क्षेत्रमा चिन्ता



तनहुँ । ब्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् ।

बस्तीदेखि करिव ७० मिटर दूरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष तटबन्धको लागि सम्बन्धित निकायमा हारगुहार गरे पनि कुनै सुनुवाइ भएन । “अहिले नगरको ३ नंवर वडास्थित भतेरीमा तटबन्ध निर्माण गर्न लागेपछि सिधँै पाटन क्षेत्रमा असर पर्ने देखिन्छ” उहाँले भन्नुभयो ।

मादी नदी कटानका कारण त्यसक्षेत्रका करिब ६६३ घरधुरी जोखिममा परेका हुन् । नगरको चौध वडामध्ये बाह्र वडा मादी नदीवारी र दुई वडा मादी नदीपारी पर्दछन् ।

वर्षात् हुन थालेपछि नदी किनार आसपासका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको तल्लो पाटन खानेपानी संस्थाका अध्यक्ष टङ्कबहादुर थापाले बताउनुभयो । नदीकटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत जोखिममा पर्ने देखिएको छ । यदी समयमै यसतर्फ ध्यान नदिए करोडौँको क्षति व्यहोर्नुपर्ने बताइन्छ ।

त्यस क्षेत्रमा पर्ने वृद्धाश्रम, भजनकीर्तन भवन, गुरुकूल आश्रम, पाटन खेलकूद मैदान, पाटन पराशर पार्क, भूपु भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको संरचनामा क्षति पुग्ने देखिएको हो ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ ।