• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान



काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान गरेको छ । केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ समितिलाई सोसाइटीले यस्तो आग्रह गरेको हो ।

सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्वारा सोमबार जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकतासम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अघिल्लो तदर्थ समितिका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जनलगायतका व्यक्तिले केन्द्रीय कार्यालयमा हथौँडालगायतका सामग्रीसहित अचानक प्रवेश गरी कार्यालयको दुईवटा ढोका तोडफोड गरेकामा यस संस्थाका देशभर छरिएर रहेका स्वयंसेवक तथा रेडक्रसकर्मी आश्चर्यचकित र चिन्तित भएका छौँ । रेडक्रसको मर्म र मर्यादाविपरीत हुने यस्ता खालका गतिविधि दुःखद् र अत्यन्त अशोभनीय छ ।”

यसअलावा डा तिम्सिनाको नेतृत्वले संस्थाको ‘लेटरहेड’ तथा छाप अनधिकृतरूपमा प्रयोग गर्दै सङ्कटासन्न समुदायप्रति लक्षित कार्यक्रममा सहयोग नगर्न विभिन्न निकायमा पत्राचार गर्ने, बैंक खाता सञ्चालनमा अवरोध गर्न पत्राचार गर्ने, नियमनकारी र संस्थाका अधिकारीलाई अमर्यादित तवरबाट आक्षेप लगाई विज्ञप्ति जारी गर्नेजस्ता कार्य गरी आम समुदाय र रेडक्रसकर्मीमाझ भ्रम सिर्जना गर्ने प्रयास भएकामा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “संस्थाको लेटरहेड र छापको दुरुपयोग र सामाजिक सञ्जालको अनुचित प्रयोग नगर्न नगराउन पटक–पटक जानकारी तथा अनुरोध गरिएकामा हालसम्म यस्ता अनुचित र अनधिकृत कार्य भइरहेको हुँदा त्यस्ता कार्य तत्काल बन्द गर्न पुनः आह्वान गर्दछौँ । अहिलेको अवस्थामा नियमित जिम्मेवारीका साथै संस्थाको प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्न नियमनकारी निकायबाट प्राप्त निर्देशनसमेतका आधारमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट गर्नुपर्ने सेवा तथा अत्यावश्यक कार्य कार्यकारी निर्देशकको नेतृत्वमा सम्पादन भइरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ ।”

कार्यकारी निर्देशकको अधिकार क्षेत्रको सीमा साँघुरो भएकाले संस्थाका गतिविधि तथा सेवाकार्य पूर्णरूपमा सञ्चालन गर्न अझै कठिनाइ भइरहेको व्यहोरा उल्लेख गर्दै विज्ञप्तिमा कोभिड प्रतिकार्य, मनसुनका कारण हुने विपद्को पूर्वतयारी तथा अन्य अत्यावश्यक मानवीय सेवाकार्य सु–सञ्चालन गर्न विद्यमान समस्याको चाँडै निकास निस्कने कुरामा आशावादी रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “संस्थालाई जीवन्त राखिरहन सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १५ सयभन्दा बढी उपशाखा र छ हजारको हाराहारीमा रहेका जुनियर तथा युवा रेडक्रस सर्कल र ती निकायमा आवद्ध ११ लाख सदस्य र एक लाखभन्दा बढी तालिमप्राप्त स्वयंसेवकले समुदायमा पु¥याइरहेको सेवा प्रशंसनीय छ । यस्तो कठिन अवस्थामा यस संस्थाको अस्तित्व जोगाउन र सेवाकार्य सञ्चालनमा राख्न सहयोग पु¥याउनुहुने सरकारी एवं गैरसरकारी संस्था, नागरिक समाजलगायत रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तराष्ट्रिय महासङ्घ र साझेदार राष्ट्रिय सोसाइटी समेतलाई धन्यवाद ज्ञापन गर्दछौँ । साथै मानवीय सेवालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । अत्यावश्यक मानवीय सेवालाई सुचारु राख्न सम्बद्ध सबै पक्षबाट निरन्तर सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।”