४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

नेप्से परिसूचक उच्च अङ्कले घट्यो, ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ बिन्दुमा

नेप्से परिसूचक उच्च अङ्कले घट्यो, ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ बिन्दुमा
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.९५ अङ्कले ओरालो लागेर दुई हजार ३८६.०१ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ६.१९ अङ्कले ओरालो लागेर ४५४.६९ मा ओर्लेको छ । कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर रु दुई अर्ब चार करोड २२ लख ५३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्दा ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ४.०४ र सामूहिक लगानी कोष ०.१३ अङ्कले उकालो लागेको छ । बैंकिङ १६.५, व्यापार ९.०९, विकास बैंक ८६.८७, जलविद्युत् ५१.९१, वित्त २६.६१, निर्जीवन बीमा १५०.०९, उत्पादन ५४.२५, अन्य ४२.४१, लघुवित्त ७६.८६, जीवन बीमा १९९.३१ र लगानी १.५८ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ९४ अर्ब नौ करोड ५१ लाख ६७ हजार ६२ बराबर पुगेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ११ लाख ९१ हजार ८२४ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु छ करोड ६२ लाख आठ हजार १६४, हिमालयन डिस्टिलरी रु छ करोड ४३ लाख २४ हजार ३९४, अपी पावर कम्पनी रु पाँच करोड ६८ लाख १५ हजार ८३० र एनआइसि एशिया बैंक रु पाँच करोड ३८ लाख ६७ हजार ६६३ बबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्त ९.९९, सिद्धार्थ इक्विटी फण्ड ४, एनआइबिएल प्रगति फण्ड ३.७१, आरबीबी म्युचुअल फण्ड एक ३.७०, सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । सेन्ट्रल फाइनान्स ५.३३, रसुवागढी हाइड्रोपावर ४.८०, न्यादी हाइड्रोपावर ४.७२, सामलिङ पावर कम्पनी ४.४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।