१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

ठूला दलका क्रियाकलापले देश शक्तिराष्ट्रको प्रतिस्पर्धास्थल बन्ने खतरा : राप्रपा अध्यक्ष लिङ्देन

ठूला दलका क्रियाकलापले देश शक्तिराष्ट्रको प्रतिस्पर्धास्थल बन्ने खतरा : राप्रपा अध्यक्ष लिङ्देन
अ अ+ अ-

कञ्चनपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक दल र नेताहरूले वैदेशिक मामिलालाई हलुका र आलोकाँचो ढंगबाट अघि बढाउँदा मुलुक शक्तिराष्ट्रको रणनीतिक प्रतिस्पर्धात्मक स्थल बन्न पुगेका बताएका छन् । प्रमुख दलका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्धलाई सत्ताको जोडघटाऊका आधारमा व्यवहार गर्दा मुलुकको राष्ट्रियतामाथि नै आँच आउन पुगेको लिङ्देनले बताए ।

मंगलबार महेन्द्रनगरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘नेताहरूले केटाकेटी व्यवहार देखाउँदा नेपालको विश्वसनीयता कमजोर हुन पुगेको छ ।’ अध्यक्ष लिङ्देनले व्याख्यात्मक टिप्पणी भन्दै संसदबाट एमसीसी अनुमोदन गर्नु जनतालाई मूर्ख बनाउने काम मात्रै भएको बताए । कांग्रेस, एमाले र माओवादी केन्द्रको सत्ताको दाउपेच मात्रै फरक हो, नीति, विचार र शैलीमा अलग दल छैनन्- लिङ्देनले भने । अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा आजको अवस्था आएको र जनतामा कतिपय आशंका पैदा भएको लिङ्देनले बताए ।

एमसीसी जस्तो संवेदनशील विषयमा बिहान, दिउँसो र साँझ अलग अलग धारणा दिने राजनीतिक दल र नेताहरू पनि भए, यो अस्थिर, अपरिपक्व र पराधिन मानसिकता हो- लिङ्देनले भने । ठूला राजनीतिक दलको आलोचनामा अधिकांश समय खर्चिएका लिङ्देनले भने- '३१ वर्षदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा ब्रम्हलुट चलिरहेको छ, लुटतन्त्रमा राजनीतिक नेतृत्वको संलग्नता र संरक्षण रहेको छ, ‘अब लुटतन्त्रको विकल्प खोज्नुपर्ने बेला आएको छ ।'

अध्यक्ष लिङ्देनले राप्रपा देशको भरपर्दो शक्तिको रुपमा उदाउदै गएको दाबी गर्दै जनताको साथ राप्रपाले पाउने बताए । आमसभालाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा.धवल शमशेर राणा लगायतका नेताहरूले सम्बोधन गरेका थिए । सोमबार कैलालीको सुक्खडमा र मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा राप्रपाको सभा भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुईवटा सभाहरुमा विभिन्न दल परित्याग गरि सुदुर पश्चिम क्षेत्रका १,७०० जना भन्दा बढी राप्रपामा प्रवेश गरेको दाबी गरेका छन् ।